प्रदेश नं. १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुग्यो
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ बिहिबार १३:५४:८
११ बैशाख विराटनगर । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ ।
पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएको हो । उनीहरुको उपचार विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रदेशमा हालसम्म ८२३ जनाको स्वाब पिसीआर विधिबाट परीक्षण गरिएको छ भने दु्रतगतिको आरडिटी विधिबाट तीन हजार ५९२ जनाको रगतको नमूना सङ्कलन गरिएको छ । प्रदेशअन्तर्गतका विभिन्न स्थानमा रहेका आइसोलेसन श्ययामा बस्नेको सङ्ख्या ३४ रहेको छ भने क्वारेन्टाइनमा एक हजार ७० छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार