सुदूरपश्चिममा दश हजारको नमूना सङ्कलन, तीन डिस्चार्ज
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ बिहिबार २०:३७:४७
११ बैशाख अत्तरिया । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको द्रुत परीक्षण ‘¥यापिड टेष्ट’ र पोलिमरेज चेन रियाक्सन ‘पिसीआर’ बाट १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको छ । प्रदेशमा ¥यापिड टेष्टमार्फत आठ हजार २०३ र पिसीआरबाट दुई हजार ३३१ गरी १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको हो ।
¥यापिड टेष्टबाट पाँच जनामा पोजेटिभ देखिएको थियो भने पिसीआरबाट एक जनामा नेगेटिभ नतिजा देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाँच जनाको पिसीआर रिपोर्ट आउन बाँकी छ । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशभरमा १० हजार २८२ किट मौज्दात रहेको निर्देशनालयका मेडिकल अधिकृत डा भूषण मिश्रले जानकारी दिए । यसैगरी सुदूरपश्चिम प्रदेशमा ११ दिनयता कोरोना भाइरसको नयाँ सङ्क्रमित देखापरेको छैन ।
वैशाख १ गते वीरगञ्जमा चिया पसल गर्दै आएकी लम्कीकी महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएयता अन्य कोहीमा नयाँ सङ्क्रमण देखिएको छैन । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी चैत ९ मा लम्की आएकी थिइन् । भुरुवामा आफन्तकहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।
वैशाख १ गते वीरगञ्जबाट फर्केकी महिलामा कोरोना पुष्टि भएपछि प्रदेशमा तीन पुरुष र दुई महिला गरी सङ्क्रमितको संख्या पाँच पुगेको थियो । चैत २२ गते कैलालीको धनगढी उपमहानगरपालिका–५ की महिलामा कोरोनाको पुष्टि भएपछि नेपालमा कोरानाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो । दुबइबाट चैत ७ गते दिल्ली हुँदै फर्केका अमृत शाहीकी भाउजुमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।
तीन डिस्चार्ज, दुई उपचारमा
प्रदेशमा कोरोना देखिएका पहिलो व्यक्ति हुन् अमृत शाही । प्रादेशिक अस्पतालमा २८ दिन बसेर वैशाख ९ गतेमात्र अस्पतालबाट डिस्चार्ज भएका छ न् । उनीभन्दा अगाडि चैत २२ मा कोरोना पुष्टि भएका लम्की चुहा नगरपालिका–९ का राज विक वैशाख ७ गते डिस्चार्ज भएका थिए । वैशाख १० गते कञ्चनपुरको वेदकोट नगरपालिकाका ४२ वर्षीय इन्द्र विक डिस्चार्ज भएका छन् । प्रदेशमा पाँच सङ्क्रमित रहेकामा दुई महिला उपचारमा छन् ।
सेती प्रादेशिक अस्पतालले दुवै महिलाको अवस्था सामान्य रहेको जनाएको छ । सेती प्रादेशिक अस्पतालमा हालसम्म ३८ जना शङ्कास्पद व्यक्तिको उपचार भएको जनाइएको छ । २४ घण्टा यता नयाँ शङ्कास्पद व्यक्तिहरु नरहेको जानकारी दिएको छ । प्रदेशमा अहिलेसम्म ९९ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिसकिएको छ भने छ जना आइसोलेसनमा राखिएका छन् । प्रदेशमा ३२२ स्थानमा छ हजार ७२८ श्ययाको क्वारेन्टाइन सञ्चालनमा छ । एक सय ८९ महिला र एक हजार ५७० पुरुष गरी एक हजार ७५९ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
सुनको मूल्य चार सयले घट्यो, प्रतितोला कति ?
बैशाख १७, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से १० अंकले बढ्यो
बैशाख १७, २०८१ सोमबार
सेनाको प्राविधिक सहयोगमा किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७, २०८१ सोमबार
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
बैशाख १७, २०८१ सोमबार
नारायणी नदीमा तटबन्ध निर्माण गरिँदै
बैशाख १७, २०८१ सोमबार
घण्टाघर सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख १७, २०८१ सोमबार