कोरोना सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतर्कता
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार १४:४७:२६
१३ बैशाख दमक । झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ । गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स ‘दुबइ’ बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सुरक्षा सतर्कता थालिएको हो ।
सङ्क्रमण पुष्टि भएलगत्तै नगरपालिकामा शुक्रबार साँझ नै बसेको बैठकले कोभिड–१९को सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा थप कडाइ गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बताए । उनका अनुसार सङ्क्रमितको घर बिहीबार बेलुकादेखि नै सिल गर्नुका साथै त्यस घर नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको छ ।
बिहीबार दमक–३ का एकै परिवारका तीन जनामा गरिएको ¥यापिड टेष्टमा एण्टीबडी पोजेटिभ देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो । दमक अस्पतालको आइसोलेसनमा ती सङ्क्रमितसहित सात जना राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
शुक्रबार सम्ममा दमकका विभिन्न तीन क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक–४ स्थित मानसरोवरमा २१, दाहाल प्रतिष्ठानमा छ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार