क्वारेन्टाइनमा रहेका ३३७ घर फर्किए
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार १५:९:१९
◊ दुर्गा देवकोटा
१३ बैशाख लम्की । देशका विभिन्न ठाउँबाट आफ्नै पालिकामा पुगी क्वारेन्टाइनमा बसेका नागरिक शुक्रबारदेखि घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको मार्गदर्शनअनुसार हाल क्वारेन्टाइनमा बसेका मानिसलाई शुक्रबार घर पठाइएको हो ।
टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले स्वदेशभित्रैबाट आएका नागरिकलाई वडाध्यक्षको जिम्मामा फारम भरी होम क्वारेन्टाइनमा पठाउने भन्ने प्रदेश सरकारको पत्रानुसार घर पठाइएको जानकारी दिए । “नेपालका अन्य जिल्लाबाट आएकाहरु घर फर्काएका छौँ”, नगरप्रमुख रावलले भने, “कर्णाली मावि सत्तीमा रहेको क्वारेन्टाइनमा आठ भारतीय नागरिक राखिएका छन् । उनीहरुलाई १४ दिन पूरा भएपछि मात्र पठाइनेछ ।”
नगरपालिकाले बाहिरबाट आएका मानिस टीकापुर बहुमुखी क्याम्पस, कर्णाली मावि सत्ती, राष्ट्रिय मावि बेलुवा र सेतीमैंया मावि झुङ्गामा गरी चार क्वारेन्टाइनमा रहेका ३३७ जना घर फर्काएको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पनि त्यहाँका सरस्वती मावि दुर्गौली, जनता मावि मुनुवा र मोति मावि मोतिनगरमा स्थापना गरिएका तीन क्वारेन्टाइनमा रहेका २१४ नागरिकलाई घर फर्काउन लागिएको जानकारी दिए ।
काठमाडौंदेखि आई टीकापुर बहुमुखी क्याम्पसमा चार दिन बसेर फर्किएका प्रकाश चौधरीले अरु १० दिन बसेर स्वास्थ्य जाँच गरेर घर जान पाए राम्रो हुने प्रतिक्रिया दिए । “चौध दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्काएको भए हुन्थ्योँ”, चौधरीले भने, “म त स्वास्थ्य परीक्षणपछि घर फर्काएको भए ढुक्क हुन्थेँ ।” टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले १४ दिनपछि घरबाट बोलाएर क्वारेन्टाइनमा राखिएका सबैको ¥यापिड टेष्ट गरिने जानकारी दिए । “अहिले हामीले घर फर्काए पनि होम क्वारेन्टाइनमा बस्न भनेका छौँ”, संयोजक रावलले भने, “घर फर्किएर छुट्टै बस्नुपर्नेछ ।”
टीकापुरमा दुई हजार ७०० लाई राहत वितरण
टीकापुर नगरपालिकाले राहत वितरणमा तीव्रता दिएको छ । नगरपालिकाले आठ वडामा वितरण गरिसकेपछि धेरै लाभग्राही भएको टीकापुर–१ मा भने वितरण जारी राखेको छ । नगरपालिकाले वैशाख ११ गतेसम्म लकडाउनका कारण प्रभावित अतिविपन्न दुई हजार ७९० परिवारलाई राहत पु¥याएको जनाइएको छ ।
राहात पाउनेमा वडा नं १ का एक हजार २२६ परिवार छन् भने वडा नं २ देखि ९ सम्ममा एक हजार ५६४ परिवार छन् । वडा नं १ का ३०० परिवारलाई शुक्रबार मात्रै राहत दिएको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले शुक्रबारदेखि खाद्यान्न पाइएकाले अब निरन्तररूपमा वितरण गरिने जानकारी दिए । “राहतका लागि आवश्यक खाद्यान्न खरिद गरेका छौँ”, प्रमुख रावलले भने, “अब चार-पाँच दिनभित्र वितरण कार्य सक्छौँ ।”
बिक्री नभएपछि राहतमा केरा
कैलालीको जानकी गाउँपालिका–९ ले राहतसँगै केरा वितरण गर्न थालेको छ । गाउँपालिकाले खाद्यान्नसहितको राहत प्याकेजमा केरा उपलब्ध गराउन थालेको हो । “किसानको उत्पादित केरा बारीमै सड्न थालेकाले स्थानीय केरा व्यवसायी खेमबहादुर चन्दको सहयोगमा राहतमा केरासमेत बाँड्न थालेका हौँ”, जानकी–९ का वडासचिव प्रेम बुढाले भने, “प्रतिव्यक्ति एक दर्जन केरा वितरण गरिरहेका छौँ ।”
वडा कार्यालयलाई केरा व्यवसायी चन्दले ३५० दर्जन केरा सहयोग गरेका छन् । व्यवसायी चन्दले केरा बारीमै सड्न थालेपछि विपन्न नागरिकलाई वितरण गर्छु भनेपछि राहत प्याकेजमै राखिदिएको वडासचिव बुढाले बताए । जानकी–९ की रेश्मा चौधरीले राहतसँगै केरा पाएकामा वडा कार्यालयलाई धन्यवाद दिइन। “लकडाउनका कारण हामीले केरा किनेर खान पाएका छैनौँ”, रेश्माले भनिन, “वडाले चामल, दाल, तेल, नुनसँगै केरा पनि दिएको छ, खुशी लाग्यो ।”
वडा कार्यालयले पहिलो चरणमा २०४ र दोस्रो चरणमा १५० परिवारलाई राहत वितरण गरेको छ । केरा व्यवसायी चन्दले जानकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकका लागि पनि ३०० दर्जन केरा सहयोग गरेका छन् । “खेर जानुभन्दा विपन्नको पेट भरियोस् भनी सहयोग गरेको हुँ”, व्यवसायी चन्दले भने, “केराले बजार नपाएर बारीमै सड्न थालेका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार