लकडाउनमा जारी छ रेलमार्गको काम, प्रगति आशातित रुपमा अगाडि बढ्दै
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार २३:१०:४३
१३ वैशाख, काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको लकडाउनमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढीरहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेलमार्ग निर्माणको कामलाई लकडाउनको समयमा समेत जारी राखेको र प्रगति पनि आशातित रुपमा अगाडि बढीरहेको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार बर्दीबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा पर्ने ट्रयाक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ । नेपाली लगानी तथा नेपाली निर्माण व्यवसायीले लकडाउनको समयमा समेत काम जारी राख्नुलाई महानिर्देशक मिश्र खुसी व्यक्त गर्छन् । उनले भने, “सामाजिक दुरी कायम गरेर निर्माण स्थलमा काम भइरहेको छ । विभागले स्थानीय प्रशासन र निर्माण व्यवसायीसँग पनि आवश्यक सहजीकरण गरिरहेको छ । सरकारले तोकेको सामाजिक दुरी तथा सुरक्षाका सम्पूर्ण व्यवस्था गरी काम भइरहेको छ । रेलमार्गका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा निर्माण व्यवसायीले अपेक्षित श्रमिक परिचालन गरेका छन् ।
“लकडाउन हुनुअघिदेखि नै कार्यस्थलमा मजदुर तथा मेशिन तयारी अवस्थामा थिए, उनीहरुलाई परिचालन गरेर काम भइरहेको छ”, महानिर्देशक मिश्रले भन्नुभयो । निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्रयाक निर्माणकार्य लकडाउन अघि पनि गतिमा नै रहेको थियो । लालबन्दी–निजगढ खण्डलाई विभिन्न आठ प्याकेजमा विभाजन गरिएको छ । त्यस्तै, धन्सार–वाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले ग्राभेल, ट्रयाक र पुल निर्माणको काम गरिरहेका छन् ।
महानिर्देशक मिश्रका अनुसार सरकारले लकडाउनका समेत सामाजिक दुरी कायम गरेर विकास निर्माणको काम गर्न गत चैत २० गते गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट स्वीकृति लिएर काम भइरहेको र त्यसमा विभागले निर्माण व्यवसायीसँग आवश्यक सहजीकरण गरिरहेको छ । विभागका अनुसार जनकपुर–विजपुरा खण्डमा समेत रेल्वे ट्रयाकको काम लकडाउनको नियमलाई अक्षरशः पालना गर्दै भइरहेको छ । सो खण्डमा हाल ७० कामदार परिचालित छन् ।सरकारी लगानीमा निजगढ–बर्दिबासखण्डको ७० किमी रेलमार्गको ट्रयाक निर्माण भइरहेको छ । लकडाउनले अपेक्षित गति नलिएको भएपनि काम भने निरन्तर जारी छ ।
बन्दबन्दीमा पनि सर्लाहीमा पनि पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो । सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा धमाधम निर्माणको काम भइरहेको विभागको भनाइ छ । श्रमिकले काम गर्दा आपसमा सामाजिक दूरी कायम गरेको र बाहिरी मानिससँग कुनै पनि सम्पर्क राखेका छैनन् ।
निर्माण स्थलमा निर्माण सामग्री पनि रहेको र उपकरण तथा जनशक्ति समेत रहेकाले काम गर्न सहज भएको महानिर्देशक मिश्रको भनाइ छ । स्थानीय बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी काम भइरहेको छ । काममा खटिएका श्रमिकले रेलमार्ग निर्माणको कामका अलावा निर्माण सामग्रीको समेत सुरक्षा गरिरहेका छन् । कोरोनाको जोखिमलाई ध्यानमा दिँदै काम भइरहेकाले वर्षा अगाडि रेलमार्गलाई एउटा आकारमा ल्याउन सकिने महानिर्देशक मिश्रको भनाइ छ ।
स्थानीय धन्सारदेखि वाग्मतीसम्म करीब २३ किलोमिटरमा ट्रयाक निर्माणले यसअघि नै गति लिएको थियो । सो स्थानमा जङ्गल पर्ने भएकाले रूख कटान स्वीकृतिका लागि डिभिजन वन कार्यालयले समेत आवश्यक सहजीकरण गरिदिएका थिए । रेलमार्गमा राष्ट्रिय तथा सामुदायिक वन गरी २५ दशमलव ७३ हेक्टर क्षेत्र पर्ने डिभिजन वन कार्यालय रौतहटको भनाइ छ । त्यस खण्डमा पर्ने वाग्मती, पौराई, लमाहा, चाँदी, सत्यारी र अमोखोलामा गरी ६ पुल बनाउनुपर्नेछ । तोकिएको कार्यतालिका अनुसार साढे दुई वर्षभित्र रेलमार्ग निर्माण सक्नुपर्नेछ । निर्माण कम्पनीलाई करीब रु तीन अर्ब २५ करोडमा धन्सार वाग्मती खण्डको कामको जिम्मा दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार