मासु र औषधि पसललाई दुई लाख जरिवाना
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ आइतबार ४:२०:१०
१३ बैशाख काठमाडौं । खसीको मासुलाई प्रतिकिलो रु एक हजार पाँस सयमा बिक्री गर्ने ललितपुरको एक मासु पसललाई कारवाही गरिएको छ । चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले बढी मूल्यमा मासुको बिक्री वितरण गरेको पाइएकाले रु दुई लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उक्त मासु पसलले बढी मूल्यमा मासु बेचेको र मूल्य सूचीसमेत नराखेको पाइएकाले जरिवाना गरिएको हो । नियमित बजार अनुगमनका क्रममा आज चापागाउँ दोबाटोमा सञ्चालित प्रतिमा फार्मेसीलाई सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेपछि रु दुई लाख जरिवाना गरिएको हो ।
उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा औषधालयमा अनुगमगन गरिएको थियो । विभागकै कर्मचारीलाई समेत सानो सर्जिकल मास्कको रु २० लिई खरीद बिलसमेत देखाउन नसकेपछि कारवाही गरिएको उनले जानकारी दिए।
त्रिपुरेश्वरमा दर्ताविनै सञ्चालन भएको भण्डारी सर्जिकल हाउस र डिल्लीबजारस्थित राजु फ्रेस हाउसलाई पनि कारवाहीस्वरुप रु पचास-पचास हजार जरिवाना गरिएको छ । उक्त हाउसमा मूल्य सूची नभएको भन्दै जरिवाना गरिएको विभागले बताइएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तिनलाई जरिवाना गरिएको विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार