लकडाउनका समयमा रोकिएका सडक योजना शुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार १६:११:२५
१४ वैशाख, दाङ । सडक डिभिजन कार्यालय दाङअन्तर्गत चार योजना निर्माणको काम शुरु भएका छन् । लकडाउनका समयमा रोकिएका सडकका योजनामध्ये अहिलेती योजनाका काम शुुरु भएको कार्यालयका सूचना अधिकारी खुम भण्डारी जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–शिवखोला सडक मर्मतको काम शुरु भएको छ । त्यस्तै घोराही–लमही सडक खण्डको सिस्ने खोला पुल, घोराही–धारापानी सडकअन्तर्गत बबई नदीमा पुल र घोराही उपमहानगरपालिका वडा नं १७ ढिकपुरको बबई नदीमा पर्ने पुल निर्माणको काम शुरु भएको उनले बताए ।
अहिले बजार बन्द हुँदा निर्माणका लागि आवश्यक सामग्री नपाउनु, मजदूरको सहज उपलब्धता नहुनुजस्ता कारणले काम प्रभावकारी रुपमा अघि बढ्न सक्ने अवस्था भने नभएको उनको भनाइ छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि विकास निर्माणका काम अघि बढाउन थालेको छ । त्यसका लागि वडाका सबै कर्मचारीलाई अनिवार्य कार्यालय आउन निर्देशन दिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले बताए । साथै पूर्वाधार निर्माणका कार्य अघि बढाउनका लागि सबै उपभोक्ता समितिका अध्यक्षलाई जानकारी गराइएको छ । सामाजिक दूरी कायम राखी विकास निर्माणका काम अघि बढाउन थालिएको हो ।
दीर्घरोगीलाई घरमै औषधि
तुलसीपुरले दीर्घरोगीलाई घरघरमै औषधि पु¥याउने तयारी गरेको छ । उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन महाशाखामार्फत घरमै औषधि पु¥याउने तयारी थालिएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।
उनका अनुसार अहिले तथ्यांक संकलन भइरहेको छ । निःशुल्क औषधि जनस्वास्थ्य प्रवद्र्धन शाखाबाट उपलब्ध गराइने तथा शुल्क लाग्ने औषधिका लागि औषधालयसँग सहकार्य गरिएको छ । निरीक्षक केसीका अनुसार तुलसीपुरमा अहिलेसम्म दुई हजार २३३ जनाको तथ्यांक संकलन भएको छ जसमा सबैभन्दा बढी एक हजार १६८ जना मुटुरोगी छन् ।नेपाल फार्मेसी संघ दाङले पहिलो चरणमा घोराही १५ का सबै घरमा औषधि पु¥याउने संघका अध्यक्ष सुलभ अधिकारीले बताए।
गाउँमै पुगेर मजदुरको स्वास्थ्य जाँच
लमही नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले वडा नं ९ को तरुलिया पुगेर जिल्ला बाहिरबाट फर्किएका कामदारको स्वास्थ्य जाँच गरेको छ । काठमाडौँ र चितवनका विभिन्न इँटाभट्टामा काम गरेर गाउँ फर्किएका कामदारको स्वास्थ्य जाँच गरिएको हो ।
ठूलो संख्यामा कामदार गाउँ फर्किएको भन्ने सूचनाका आधारमा नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देबका बेल्वासे, वडा नंं ९ का वडा सदस्य पार्वती विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलसहितको टोलीले गाउँमै पुगेर स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार