उदयपुरका संक्रमितको सप्तरी बसोबास बस्तिका ३६२ जनाको स्वाब संकलन
नेपालबहस संवाददाता
बैशाख १५, २०७७ सोमबार १८:३९:१९
◊ धीरुभाइ
१५ बैशाख, सप्तरी । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्त आधारमा पछिल्लो दुई दिन यता सप्तरीमा पीसीआर परीक्षणका लागि जमातीसहित ३१५ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । याे सँगै जिल्लामा ३६२ जनाको स्वाब संकलन भएको छ ।
यसअघि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज र स्वास्थ्य कार्यालयको प्राविधिक टोलीले ४७ जनाको स्वाब संकलन गरेको थियो । सो मध्ये २६८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ भने त्यसअघि अन्य ४७ जनाको स्वाब रिपोर्ट नेगेटिभ आइसकेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्त सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित गत फागुन ३–५ गते आयोजित इस्लामिक धार्मिक सभा इज्तिेमासहित विभिन्न स्थानसँग जोडिएकोले स्वाब संकलन गरिएको बताइएको छ ।
स्वास्थ्यका प्राविधिकको टोलीले हिजो आइतबार कञ्चनरुप नगरपालिका स्थित बैरवामा ३१, बरमझियामा ११ जना तथा सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा ११२ जना गरी १५४ जनाको स्वाब संकलन गरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी शनिबार बोदेबर्साइन नगरपालिका ५ स्थित चन्द्रा नमूना माविमा १५ महिलासहित १६१ जनाको स्वाब संकलन गरेको बोदेबर्साइन नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवले जानकारी दिए । सोही स्थानमा शिलाजित र हिंग बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारी, बोदे बर्साइनका ११३, डाकनेश्वरीका २८, सुरुङ्गाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीनजना गरी १६१ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ ।
भुल्केस्थित मस्जिदमा फेला परेका संक्रमित जमातीहरू सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित मस्जिदमा बसेर गएको तथा संक्रमित पुष्टि भएको मध्ये दुईजना सप्तरीको सुरुङ्गा नगरपालिका ११ अरहाभजक्काको स्थायी वासिन्दा भएकाले सो क्षेत्रका बासीन्दाको स्वाब संकलन गरिएको हो ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान), नेपाली सेना, नेपाल प्रहरीबाट खटिएको प्राविधिक टोलीले स्वाब संकलन गरेका छन् । संकलन गरिएका स्वाबको नमूना परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिइएको छ ।
भुल्के संक्रमितको सप्तरी यात्रा बृतान्त
गत ५ शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केस्थित मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि भएपछि उनीहरुको यात्रा बृतान्त (ट्राभल्स हिस्ट्री) सप्तरीको विभिन्न स्थानसँग जोडिएको छ । उनीहरु गत फागुन ३, ४ र ५ गते सप्तरीको वोदेबर्साइन नगरपालिका वडा नम्वर ५ जाँजरमा आयोजित इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा)मा सहभागी हुन आएका थिए ।
गत फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ स्थित सिवाई मस्जिद पुगेर त्यहाँ पाँच दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेका छन । त्यसअघि फागुन २२, २३ र २४ गते सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुर, वडा नम्बर ४ वलारदह र वडा नम्बर २ सिद्धिपुर तथा कञ्चनरुप नगरपालिका वडा नम्वर ३ बरमझिया र वैरबास्थित मस्जिदमा करिब एक साता बसेर उदयपुरतर्फ लागेको उनीहरुको यात्रा बृतान्त (ट्राभल्स हिस्ट्री) रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार