युवा संघ नेपालद्धारा आकस्मिक रक्तदान कार्यक्रम
नेपालबहस संवाददाता
बैशाख १५, २०७७ सोमबार १९:३२:३९
१५ बैशाख काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वव्यापरी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण पर्न सक्ने रगतको अभावलाई ध्यानमा राखी शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
लकडाउनको विषम परिस्थितिमा पनि उक्त रक्तदान कार्यक्रममा १ सय ७२ रक्तदाताले रक्तदान गरेका थिए । इमाडोलस्थित कृष्ण प्रणामी मुल मन्दीरमा भौतिक र सामाजिक दूरी कायम गरी कोरोना भाइरस संक्रमणबाट सतर्क रहन आवश्यक मापदण्ड कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीका अध्यक्ष विकास सुवेदीले जानकारी दिए ।
यो विषम घडीमा ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम सफल पार्न महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापा र नविन तण्डुकार लगायत युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीको विशेष योगदान गरेको समेत सुवेदीले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि ललितपुर क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद कृष्णलाल महर्जन, विशेष अतिथिमा बागमती प्रदेस सभा सदस्य माधव पौडेल, महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ तथा नेकपा बागमती प्रदेश सहकारी विभाग प्रमुख शिव प्रसाद कट्टेल रहेको आयोजक सुवेदीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार