राजसंस्थाको पुर्नस्थापना जरुरी देखियो : राप्रपा अध्यक्ष लोहनी
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ मंगलबार १९:४:१
१६ बैशाख, काठमाडौं । पार्टी र गुटगत स्वार्थभन्दा माथि रहने निष्पक्ष संस्थाको रूपमा राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमले प्रमाणित गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठहर गरेका छन् ।
राजनैतिक स्थिरता र संविधानको मर्मविपरित आएको अध्यादेश राष्ट्रपतिले दुई घण्टाभित्र अनुमोदन गरेबाट संविधानको पालना भएको देखिन्न । यसबाट संविधानको संरक्षण र जनताको सर्वाेच्चता कायम राख्न संवैधानिक राजसंस्थाको अपरिहार्यता प्रष्ट भएको लोहनीले बताए ।
‘यसबाट पार्टीभन्दा माथि रहेर निष्पक्ष रूपमा काम गर्न राजसंस्था आवश्यक छ भन्ने राप्रपाको चिन्तन र प्रस्तावको सार्थकता स्पस्ट छ । जुनसुकै दलको भएपनि अब जनताको सर्वोच्चतालाई व्यवहारमा उतार्न राष्ट्रप्रमुखको पदलाई पार्टीको स्वार्थभन्दा माथि राख्न हाम्रो देशको परिवेशमा संविधान भित्रको राजसंस्था आवश्यक भनेर अवाज उठाउनु जरुरी भैसकेको छ,’ उनले सोमबार एक सन्देश जारी गर्दै भने ।
अध्यक्ष लोहनीले राष्ट्रपति जस्तो सम्मानित संस्था एउटा राजनीतिक दल र दलभित्र पनि एउटा समूहको स्वार्थको लागि क्रियाशील रहेकोमा चिन्ता प्रकट गरे । ‘सम्माननीय राष्ट्रपतिले नेपालको संविधानको पालना र संरक्षण गर्नु संविधानको दफा ६१ बमोजिमको प्रमुख कर्तव्य हो,’ उनले भने ।
‘यो कर्तव्य नेपाल सरकारले देशको राजनैतिक स्थिरता र संविधानको मर्मविपरित पठाएको अध्यादेश दुई घण्टाभित्र सही गरेर पठाएको देख्दा सम्माननीय राष्ट्रपतिबाट पालना भएको देखिएन । बरू एउटा दल र दलभित्र पनि एउटा समूहको स्वार्थको लागि काम गरेको देखियो ।’
लोहनीले संविधानको मर्मविपरित सरकारले प्रस्तुत गरेको अध्यादेश बिना परामर्श जारी गरेर कच्चा काम भएको, यसले राष्ट्रपति पदको गरिमा घटाएको भन्दै देशमा राजसंस्था आवश्यक रहेको उनले बताए । पछिल्लो राजनीतिक घटनाबाट पार्टीभन्दा माथि रहने राजसंस्थाको आवश्यकता र राप्रपाको प्रस्तावनाको औचित्य पुष्टी भएको उनले दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
बस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार