कोरोना अस्थायी अस्पतालमा अख्तियारको छापा, अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ बुधबार ३:०:५०
१६ बैशाख भरतपुर । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले आज छापा मारेको हो ।
दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको अख्तियाार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाका कार्यालय प्रमुख शिवकुमार कार्कीले राससलाई जानकारी दिए । उनले विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि छापा मारेको बताउनुभयो । अनुसन्धानपश्चात् थप प्रक्रिया अघि बढाइने कार्कीको भनाइ छ ।
चैत ७ गतेदेखि सञ्चालनमा आएको सो अस्पताल भरतपुर महानगरपालिकाको अग्रसरतामा सञ्चालनमा आएको हो । चैत २१ गते सो अस्थायी अस्पताल भरतपुरको सरकारी अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो । सोमबार कर्मचारीले सामानहरु ओसारेको भिडियो सार्वजनिक भएको थियो ।
अस्पताल सञ्चालनका लागि गठन भएको कोरोना नियन्त्रण कार्यदलले भने सामान चोरी भएको नभई प्रक्रियाअनुरुप सामानहरु ओसारेको दाबी गरेको छ । कार्यदलले आज एक विज्ञप्ति जारी गर्दै कार्यदलको स्टोर र कोरोना विशेष ‘अस्थायी’ अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको हो ।
कार्यदलका सदस्यसचिव डा भोजराज अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले सञ्चालन गर्ने सहमतिपश्चात् सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँमा रहेका स्टोरलाई व्यवस्थित गरिएको हो ।’ कार्यदलको सोमबारको बैठकमा चैत महिनासम्म अस्पतालमा रु एक करोड २६ लाख खर्च भएको विवरण पेश गरिएको थियो ।
यस्तै भरतपुर कोरोना विशेष ‘अस्थायी’ अस्पतालको स्टोरमा भएको घटनाको छानबिनका लागि गठित छानबिन टोलीका संयोजक चितवन उद्योग सङ्घका अध्यक्ष एवम् कार्यदलका संयोजक राजु पौडेलले आफू जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाए । भरतपुर कोरोना नियन्त्रण कार्यदलले आज एक विज्ञप्ति जारी गर्दै पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरिएको जनाएको थियो । सो विज्ञप्ति जारी गरिएको दुई घण्टापश्चात् संयोजक पौडेलले आफू सो जिम्मेवारी निर्वाह नगर्ने घोषणा गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार