मोबाइल एप्लिकेशनमार्फत कोरोना स्वमूल्याङ्कन गराउनेमा काठमाडौंका बढी
नेपालबहस संवाददाता
बैशाख १६, २०७७ बुधबार ३:५३:४८
१६ बैशाख काठमाडौं । मोबाइल एप्लिकेशनमार्फत सबभन्दा बढी काठमाडौं जिल्लाका मानिसले कोभिड–१९ को स्वमूल्याङ्कन गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एप्लिकेशनमार्फत सर्वसाधारण सबैलाई कोभिड–१९ को लक्षण स्वमूल्याङ्कन गर्न सक्ने व्यवस्था गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौ+पछि बारा, ललितपुर, रुपन्देही, मोरङ, भक्तपुर, सुनसरी, झापा, कास्की र चितवनका मानिसहरुले मोबाइल एपबाट स्वमूल्याङ्कन गरेका छन् । अहिलेसम्म २८ हजार १२५ जनाले स्वमूल्याङ्कन गरिसकेका छन् । तीमध्ये ३०९ जना रेड जोनमा परेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए । यसैगरी प्रदेशस्तरमा सबभन्दा बढी वाग्मती प्रदेशका सर्वसाधारणले स्वमूल्याङ्कन गरेका छन् । त्यसपछि प्रदेश नंं २, प्रदेश नं १, प्रदेश नं ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश छन् ।
मन्त्रालयका प्रवक्ता डा देवकोटाले अहिलेसम्म ५४ हजार ८२६ जनामा कोभिड–१९ परीक्षण गरिएको बताए । तीमध्ये १० हजार पिसिआर र ४४ हजार १९ ¥यापिड डाइग्नोष्टिक टेष्ट ‘आरडिटी’बाट गरिएका छन् । आरडिटीबाट सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १२ हजार २८३ जनामा गरिएको छ । प्रदेश नंं १ मा चार हजार ८२८, प्रदेश नंं २ मा पाँच हजार २४९, वाग्मती प्रदेशमा आठ हजार १४, गण्डकी प्रदेशमा चार हजार ९३६, प्रदेश नंं ५ मा पाँच हजार ३२८, कर्णाली प्रदेशमा पाँच हजार १८१ जनामा आरडिटी परीक्षण गरिएको छ ।
यसैगरी अहिलेसम्म २२ हजार ९९ जना क्वारेन्टाइनमा छन् । तीमध्ये प्रदेश नं १ मा दुई हजार २८८, प्रदेश नंं २ मा एक हजार ५१२, वाग्मती प्रदेशमा ३६१, गण्डकी प्रदेशमा ६७६, प्रदेश नं ५ मा १२ हजार १६४, कर्णाली प्रदेशमा तीन हजार ७७९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ३०९ जना क्यारेन्टाइनमा रहेका छन् ।
प्रवक्ता डा देवकोटाले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि सामग्रीको मौज्दात रहेको बताउनुभएको छ । बोलपत्र आह्वान गरेर सामग्री तथा औषधि आइरहेकाले मौज्दात रहेको बताए। उनका अनुसार अहिले पनि १० हजार व्यक्तिगत सुरक्षा कवच ९पिपिई० रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार