सप्तरीमा १२ सय बढीको कोरोना परीक्षण
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ बिहिबार १८:१६:५५
◊ धीरुभाइ
१८ बैशाख, सप्तरी । सप्तरी जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा आरडीटी र पीसीआर गरी हालसम्म एक हजार २३७ जनाको परीक्षण गरिएको छ । जसमध्ये ८७३ जनाको आरडीटी परीक्षण गर्दा चार जनाको रिपोर्ट पोजेटिभ आएपनि पीसीआर रिपोर्ट नेगेटिभ भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उदयपुर भुल्के संक्रमित सप्तरीमा बसोबास गरेको बस्तिसहित अन्य गरी हालसम्म ३६४ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । यसमध्ये २१९ जनाको प्राप्त रिपोर्टमा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालमा १४२ जनाको आरडीटी गर्दा तीन जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । यसैगरी स्वास्थ्य कार्यालय मार्फत ७३१ जनाको आरडीटी गरिएकोमा एक जनाको एन्टीबडी पोजेटिभ देखाएकोमा उनीहरु चारै जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ भएको बताइएको छ ।
पीसीआर परीक्षणका लागि कूलमध्य गजेन्द्रनारायण सिंह अस्पतालमा ४७ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । भुल्के संक्रमित बसोबास गरेका बस्तिमा स्वास्थ्य कार्यालय मार्फत ३१७ जनाको स्वाब संकलन गरिएको छ । ती सबैको स्वाब परीक्षणकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा बुधबारसम्म २१९ जनाको प्राप्त रिपोर्ट नेगेटिभ रहेको बताइएको छ । १४५ जनाको स्वाब रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्तसँग जोडिएको सप्तरीको बोदेबरसाइन नगरपालिका, कञ्चनरुप नगरपालिका, डाकनेश्वरी नगरपालिका, सुरुङ्गा नगरपालिका र बलान बिहुल गाउँपालिकाको विभिन्न बस्तिका ३१७ जनाको स्वाब संकलन गरिएको थियो । जिल्लाको विभिन्न स्थानीय तहहरुमा कुल ३० वटा क्वारेन्टाइनमा ६४९ बेड संख्या रहेको छ । ती क्वारेन्टाइनहरुमा ३७ महिला र २१९ पुरुष गरी २५६ जना भर्ना रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार