बागलुङेद्वारा १२ लाखको स्वास्थ्य सुरक्षा सामग्री सहयोग
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार १७:१४:४१
१९ वैशाख, बागलुङ । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका बागलुङेहरुले धवलागिरि अञ्चल अस्पताल बागलुङलाई ठूलो परिमाणमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । बिहीबार प्रवासी नेपालीको तर्फबाट धवलागिरि अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री सांसद डा सूर्य पाठक र गोविन्द सुवेदीलगायतले हस्तान्तरण गरेका छन् । हस्तान्तरणपछि बोल्दै सांसद पाठकले धवलागिरि अञ्चल अस्पताल गण्डकी प्रदेशको मात्र नभएर देशकै नमूना अस्पताल बनाउने अभियानमा रहेको र यसमा प्रवासी नेपालीको ठूलो हात रहने बताएका छन् ।
बागलुङबाट विभिन्न देशमा प्रतिनिधित्व गर्ने प्रवासी समाजले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने रु१२ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । अस्पताललाई १०५ पिपिइ सेट, थर्मलगन, मञ्जा र मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । बागलुङ समाज (जापान), बागलुङ सेवा समाज (कतार), बागलुङ समाज (स्पेन), बागलुङ समाज (पोर्तुगल), बागलुङ समाज (बेल्जियम), बागलुङ सेवा समाज (युएइ), बागलुङ समाज (कोरिया), बागलुङ समाज (क्यानडा), बागलुङ सेवा समाज (मलेशिया), बागलुङ युवा समाज (अष्ट्रेलिया) का साथै युएसए, बेलायत, जर्मनी, स्वीडेन, फ्रान्स, नर्वेलगायतका विभिन्न देशमा बस्ने बागलुङेहरुको सहयोगमा रु १० लाख ३१ हजाररको स्वास्थ्य सुरक्षा सामग्री धवलागिरि अस्पताललाई र बिहुँकोट समाज जापानले काठेखोला गाउँपालिकालाई रु एक लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको थियो ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले प्रवासी नेपालीहरुकै सहयोगमा झण्डै रु ७० हजार बराबरको सामग्री अस्पताललाई प्रदान गरिएको थियो । यसरी प्रवासीहरुले एकमुष्टरूपमा कोरोना रोकथामका लागि रु १२ लाख बराबरको सामग्री सहयोग गर्नुभएको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिए ।
अभियानको समन्वय स्पेनमा बस्दै आएका पर्यटन सद्भावना दूत एवं एनआरएनए युरोपका निवर्तमान उपसंयोजक एकराज गिरी, बेलायतबाट सामाजिक अभियन्ता कृष्णप्रसाद शर्मा, कतार एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, जापानका सिद्धार्थ श्रेष्ठ र दक्षिण कोरियाका राम शर्माले गरेको थियो । यस्तै अभियानमा सूर्य हमाल र राज रेग्मीको विशेष सहयोग रहेको बताइएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका महासचिव पनि रहेका गिरीले राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सुझावअनुरुप आफूहरु सामाजिक काममा अगाडि बढिरहेको बताए । हस्तान्तरण कार्यक्रममा मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको समेत उपस्थिति थियो । विदेशबाट प्राप्त रकमको नेपालमा समन्वय गोविन्द सुवेदी (लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका उपाध्यक्ष) ले गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार