उदयपुरको बेलका र मैनामैनीमा ५७ जनाको स्वाब सङ्कलन
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार २२:२:४८
१९ बैशाख गाईघाट । अहिले कोरोनाको केन्द्रविन्दुको रुपमा देखापरेको उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको बेलका र सोही नगरपालिकाको वडा नं ७ मैनामैनीमा ५१ जनाको स्वाब नमूना सङ्कलन गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार बिहीबार जिल्लाको बेलका नगरपालिकाको रामपुरमा २६ र सोही नपाको मैनामैनीमा २५ गरी कूल ५१ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । ती सबै नमूना परीक्षणका लागि प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको हो । बेलकाको मैनामैनीलाई जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले खतरायुक्त स्थानको रूपमा सूचीकृत गरेको कारण पनि मैनामैनी र बेलकामा स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको कार्यालय प्रमुख मोहन सुवेदीले बताए।
त्यसैगरी जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको भुल्के, गाईघाट, बोक्से, मोतिगडा क्षेत्रका ८३ जनाको स्वाब नमूना ।सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाएकामा ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य व्यक्तिको रिपोर्ट आउन बाँकी छ । बिहिबार ५७ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी अन्यको आज साँझसम्ममा रिपोर्ट आउन सक्ने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
स्वास्थ्य कार्यलय उदयपुरका टोली र बेलकाका स्वास्थ्यकर्मीसहित १० जनाको टोलीले स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यलयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार