सार्क राष्ट्रमा नेपालको अवस्था राम्रो
नेपालबहस संवाददाता
बैशाख २०, २०७७ आइतबार २:११:५
◊ शरद शर्मा
२० बैशाख काठमाडौं । नेपालले कोरोना भाइरस कोभिड– १९ को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ‘सार्क’ देशमा राम्रो रहेको छ । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ ।
नेपाल र भूटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोनाका कारणले ज्यान गुमाउनुपरेको छैन । ती देशमा सङ्क्रमण पनि कम रहेको छ । सार्कका आठ देशमध्ये छ देशमा सङ्क्रमणका कारणले मानिसको निधन भएको छ । माल्दिभ्समा एक जनाको निधन भए पनि कोभिड– १९ को परीक्षणको दायरामा भने नेपाल र भूटान जस्तै बढी नै रहेको छ ।
नेपालले समयमा नै आफ्नो सिमाना बन्दाबन्दी गर्नु र कोभिड– १९ को परीक्षणको दायरा बढाएकाले रोकथाम र नियन्त्रणमा राम्रो भूमिका निभाएको हो । नेपालले गत चैत ११ गतेदेखि अन्तरराष्ट्रिय सीमा बन्द गर्दै लकडाउन गर्दै आइरहेको छ । अहिलेसम्म भारतमा ८९ प्रतिशत भू–भागमा कोभिड– १९ को सङ्क्रमण देखिएको छ । भारतमा अहिले एक हजार २२३ व्यक्तिले ज्यान गुमाइसकेका छन् । यसैगरी पाकिस्तानमा ४१७, बङ्गलादेशमा १७५, अफगानिस्तानमा ७२, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको कोभिड– १९ ले निधन भइसकेको छ ।
नेपालसहित भूटान र माल्दिभ्समा परीक्षणको दायरा बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । कोरोना रोकथाममा भूटान र माल्दिभ्सपछि नेपालको स्थिति रहेको उनले बताए । कोरोनाका कारणले एक जनाको निधन भएपछि माल्दिभ्समा परीक्षणको दायरा बढी नै रहेको छ । नेपालको प्रति १० लाखमा दुई हजार २९ जनाको परीक्षण गरिएको छ । यस्तै भूटानमा १३ हजार ९१ र माल्दिभ्समा १४ हजार ८१५ जनामा गरिएको छ । भूटान र माल्दिभ्स कम जनसङ्ख्या भएकाले १० लाखमा परीक्षणको दायरा बढी देखिएको हो ।
“जनसङ्ख्याको हिसाबले सबभन्दा बढी परीक्षण नेपालमा रहेको छ”, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भने, “तर भूटान र माल्दिभ्समा कम जनसङ्ख्या भएकाले १० लाखका हिसाबले परीक्षण गराउनेको सङ्ख्या बढी देखिएको हो, समग्रमा हामीले नै बढी परीक्षण गराएका छौँ ।” नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतमा प्रति १० लाखमा ६५४ जनामा मात्र परीक्षण गरिएको छ । नेपालपछि श्रीलङ्कामा एक हजार ४७, पाकिस्तानमा ८२५, बङ्गलादेशमा ४२६, अफगानिस्तानमा २७२ जनामा परीक्षण गरिएको छ ।
दक्षिण एशियाली मुलुकमा नेपालमा पहिलो पटक कोभिड– १९ को सङ्क्रमण देखिएको थियो । नेपालमा गत माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो । नेपालले कोभिड– १९ को परीक्षणको दायरालाई बढाएकाले सार्कका अन्य पाँच देशलाई उछिनेको हो । अहिले नेपालमा १६ स्थानमा पिसिआर र ७७ जिल्लामा आरडिटीबाट परीक्षण गरिएको छ । नेपालमा पिसिआरबाट १३ हजार ९८ र आरडिटीबाट ४८ हजार ५२९ मा परीक्षण गरी जम्मा ६१ हजार ६२७ जनामा परीक्षण गरिएको छ ।
विश्वमा अहिले ३२ लाख ३३ हजार १९९ व्यक्ति सङ्क्रमित भएका छन् भने दुई लाख २७ हजार ४८९ जनाको निधन भएको छ । सहप्रवक्ता डा अधिकारीले परीक्षणको दायरा बढाउन पिसिआर मेसिन अझै दुई-तीन ठाउँमा जोडिन थालिएको बताए ।
नेपालमा काठमाडौँ, धादिङ, उदयपुर, झापा, बारा, पर्सा, सर्लाही, रौतहट, रुपन्देही, चितवन, बागलुङ, कैलाली, कञ्चनपुर, बाँके र भोजपुर गरी १५ जिल्लामा ५९ जनामा कोभिड– १९ को सङ्क्रमण देखिएको छ । तीमध्ये अहिले विराटनगरमा ३१, वीरगञ्जमा आठ, चितवनमा एक, धनगढी एक, नेपालगञ्जमा एक र रुपन्देहीमा एक जनाको उपचार भइरहेको छ । अहिले प्रदेश नं ३, गण्डकी र कर्णाली प्रदेशमा कोभिड– १९ का सक्रिय बिरामी रहेका छैनन् ।
यहाँ ८१ वर्षीया र ६५ वर्षीया महिला कोभिड– १९ को सङ्क्रमणबाट पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका छन् । मन्त्रालयका विज्ञ स्वास्थ्य सल्लाहकार डा खेम कार्कीले सरकारको सक्रियताका कारणले कोभिड– १९ रोकथाम गर्न सकिएको बताए । उनले नेपालमा जटिल बिरामी नदेखिनु, कम्युनिटी ट्रान्समिसन हुन नदिनु र समयमा नै उपचारको व्यवस्था गर्नाका कारणले सार्कका अन्य देशको तुलनामा कोभिड– १९ नियन्त्रण गर्न राम्रो भूमिका निभाएको बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी पाँच हजार जनालाई रोजगारी दिने घोषणा
जेठ १, २०८१ मंगलबार