सप्तरीमा संक्रमित जमाती बसोबास गरेको क्षेत्रका करिब शतप्रतिशतको स्वाब रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
बैशाख २१, २०७७ आइतबार १९:५४:३४
◊ धीरुभाइ
२१ बैशाख, सप्तरी । सप्तरीमा संक्रमित जमाती बसोबास गरेको टोलवासीको स्वाब परीक्षण (पीसीआर प्रविधिको) रिपोर्ट करिब शतप्रतिशतमा कोरोना संक्रमण भेटिएको छैन । संक्रमित जमाती बसोबास गरेको जिल्लाको विभिन्न टोल बस्तिका ३१८ जनामध्येका ३१७ जनाको स्वाब रिपोर्ट नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
तीमध्ये एक जना र क्वारेन्टाइनका अन्य तीन जना गरी चार जनाको स्वाब (पीसीआर) रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । जमाती संक्रमित अघि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा विभिन्न ४७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनीहरुको स्वाब रिपोर्ट नै नेगेटिभ प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्त सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित गत फागुन ३–५ गते आयोजित इस्लामिक धार्मिक सभा इज्तिेमासहित विभिन्न बस्तीसँग जोडिएकोले जिल्लामा ती बस्तीका ३१८ जनाको स्वाब संकलन गरी परीक्षणको लागि धरान र बिराटनगर पठाइएको थियो । तीमध्ये ३१७ जनाको रिपोर्ट प्राप्त भएको जानकारी दिदै स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले एक जनाको रिपोर्ट आउन बाँकी रहको बताए ।
जमाती संक्रमितबाहेक बाहिर जिल्लामा आएका अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको क्वारेन्टाइनमा रहेका शंकास्पद थप तीन जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकोमा त्यसको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । गत १३ गते शनिबार बोदेबर्साइन नगरपालिका ५ स्थित चन्द्रा नमूना माविमा १५ महिलासहित १६१ जनाको स्वाब संकलन गरेकोमध्ये सोही स्थानमा शिलाजित र हिंग बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारी, बोदे बर्साइनका ११३, डाकनेश्वरीका २८, सुरुङ्गाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीनजना रहेको स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ ।
यसैगरी गत १४ आइतबार भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्तसँग जोडिएको सप्तरीको कञ्चनरुप नगरपालिका स्थित बैरवामा ३१, बरमझियामा ११ जना तथा सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा ११५ जना गरी १५७ जनाको स्वाब संकलन गरेको थियो ।
यता जिल्लामा हालसम्म कसैको स्वाब परीक्षण रिपोर्टमा कोराना संक्रमण नपाइएपछि जिल्लावासीमा त्रास कम भएको छ । जिल्लामा कोरोना संक्रमण नभएकोमा त्रास कम भएपनि जोखिम उच्च रहेको स्वास्थ्यकर्मीहरुले पूर्ववत जस्तै सावधानी अपनाइ राख्नु आवश्यक भएको बताएका छन ।
चार दिनदेखि आरडीटी परीक्षण बन्द
क्वारेन्टाइनमा बसेकाहरुको समय पुगेपछि अनिवार्य आरडीटी गरी थप सात दिन होम क्वारेन्टाइनमा राख्नु पर्ने निर्देशिकामा उल्लेख छ । क्वारेन्टाइनमा दुई सात (१४ दिन) बिताइसकेको भएपनि आरडीटी नहुँदा क्वारेन्टाइनमै थप समय बसाउनु परेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।
एकसाता अगाडीदेखि नै आरडीटी किटको लागि प्रदेश स्वास्थ्य निर्देशनालयसँग माग गरिसकेको उनले भने, तर, आजसम्म किट प्राप्त नहुँदा पछिल्लो चार दिनदेखि आरडीटी परीक्षण बन्द रहेको छ । यसले क्वारेन्टाइनको अवधि पूरा गरेपनि थप बसाउनु परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
रुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० लाई सुरक्षित स्थानमा सारियो
जेठ १, २०८१ मंगलबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसंघको चेतावनी
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने
जेठ १, २०८१ मंगलबार
आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने
जेठ १, २०८१ मंगलबार