लकडाउनका बेला बीरगञ्जका घुमुवा ईन्चार्ज यादवलाई कमाउने धुन जागेपछि….
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ मंगलबार १७:५०:२
२३ बैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइमब्रान्च टोलीका प्रहरी निरीक्षक रविभूषण यादवले स्थानीय केही चर्चित तस्कर र व्यापारीहरूलाई फोन गर्दै आफ्नो सम्पर्कमा नआए भविश्यमा नाकाबाट काम गर्न नदिने भन्ने गरेको पीडित व्यापारीहरूले उजागर गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणतर्फ सबैको ध्यान केन्द्रीत भैरहेको बेला विवादास्पद छवि भएका इन्स्पेक्टर यादवले भने केही चर्चित ट्रान्सपोर्टका सञ्चालकहरूलाई समेत फोन गरेर आफू पर्साको घुमुवा इन्चार्ज भएको बताउँदै सम्पर्कमा रहन भनेको समेत खुलासा भएको छ । मुलुकभर लकडाउन भैरहेका बेला यादवलाई भने पैसा कमाउने भूत चढेको चर्चा बीरगञ्जमा हुने गरेको छ । असई र सई हुँदा वीरगञ्जमा लामो समयसम्म पैसा उठाउने घुमुवाका रूपमा परिचालित बदनाम र विवादित प्रहरीका रूपमा रविभूषण यादव चिनिन्छन् ।
अर्जुनजंग शाही, वीरेन्द्रबाबु श्रेष्ठलगायतका एसपीहरू वीरगञ्जको प्रहरी प्रमुख हुँदा रविभूषण यादव र अर्का विवादास्पद जयनारायण यादव (हाल अवकाश भइसकेका) घुमुवाका रूपमा परिचालित थिए । उनीहरूले विभिन्न व्यापारीदेखि तस्करहरूसँग रकम उठाई तत्कालीन संघीय इकाई प्रहरी कार्यालय (एसएसपी कार्यालय)को उत्तरपट्टि जोडिएको जग्गा खरिद गरी दुवैले घर बनाएका छन् ।
दुई दुई तले उनीहरूको घर असई र सई दर्जामा वीरगञ्जमा घुमुवा हुँदा तस्कर र व्यापारीहरूबाट रकम असुली जग्गा खरिद गरी बनाएको बीरगञ्जका पुराना धेरै प्रहरीहरूलाई थाहा त छ नै रकम दिने तस्कर र व्यापारीहरूसमेत अहिले पनि यही चर्चा गर्छन् । रविभूषण यादव र जयनारायण यादवको आतंक नै थियो २०५७ सालतिर । रक्सौलका कपडा तस्करहरूले उनीहरूलाई जग्गा र घर बनाउनका लागि ठूलो लगानी नै गरिदिएको अहिले पनि बीरगञ्जका केही व्यापारीहरू बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट पर्सा सरुवा भएलगत्तै उनी क्राइमब्रान्च टोलीको प्रमुखका रूपमा परिचालित छन् । यो टोली भनेको विगत वर्षदेखि नै पैसा उठाउने टोलीका रूपमा वीरगञ्जमा परिचित छ । कहिले क्यूआरटीका नाममा परिचालित टोली होस् या कहिले टाइगर ग्रुपका नाममा परिचालित ग्रुप होस् । नाम जे दिए पनि यी टोलीको काम भनेको यसभन्दा अघि रकम असुल्नु नै हो ।
यसअघिका एसपी सोमेन्द्रसिंह राठौरले सई विदुर शिवाकोटीलाई काठमाडौँबाट नै वीरगञ्ज ल्याई क्राइमब्रान्च टोलीको प्रमुख बनाई परिचालित गरेका थिए । धेरै विवादमा तानिएपछि २ नम्बर प्रदेशका डीआईजी प्रद्युम्न कार्कीले शिवाकोटीलाई रमाना गराएका थिए । हालै सरुवा भएर पर्सा आएकी एसपी गंगा पन्तले अहिले सीमा क्षेत्रबाट हुने तस्करीलाई पूर्णरूपमा नियन्त्रण गरेकी छन् ।
तस्करहरू यतिबेला तस्करी गर्न नपाएर छटपटीमा परेका छन् । एसपी पन्तले मातहतका युनिटका प्रमुखहरूलाई तस्करीको लाइन चलाएको र घुस खाएको सूचना मात्रै पाए पनि ठाउँका ठाउँ कारवाही गर्ने चेतावनी दिएपछि मातहतकाहरूले पनि खुलेर तस्करी गर्न पाएका छैनन् । तर, क्राइमब्रान्च टोलीका प्रमुख रविभूषण यादवले भने तस्कर र व्यापारीहरूलाई आफू वीरगञ्ज आर्इसकेको भन्दै धेरै व्यापारीहरूलाई तर्साउने र फोन सम्पर्क गर्ने गरेको खुलासा भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार