मुख्यमन्त्री शंकर पोखरेलको ध्यान अन्यत्रै गएपछि प्रदेश ५ का सबै ल्याब बन्द
कुसुम सेञ्चुरी
बैशाख २३, २०७७ मंगलबार १८:५४:२२
२३ बैशाख, बुटवल । पछिल्लो समय कोरोना महामारीको हटस्पट बनेको प्रदेश नं. ५ को सरकार जनस्वास्थ्यप्रति गैरजिम्मेवार बन्दा जनतामा निराशा र आक्रोश थपिएको छ । प्रदेशको मुख्य शहर नेपालगञ्जमा कहालीलाग्दो ढंगले भाइरस संक्रमित फेला परेका छन्, तर परीक्षण भने सुस्त छ ।
पीसीआर प्रविधिबाट संक्रमणको परीक्षण तीव्र रुपमा बढाउनुपर्ने बेला प्रदेश सरकारले भने कुनै चासो देखाएको छैन ।हालसम्म करिब पाँच हजारको हाराहारीमा मात्र आरडीटी परीक्षण गरिएको छ । दुई दिनको अवधिमा दुई दर्जन बढी संक्रमित फेला परेको छन्, तर परीक्षणको दायरा भने बढेको छैन – प्रदेश नं. ५ , नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले दुखेसो गरिन् । यस्तो अवस्था आउनुमा मुख्यमन्त्री शंकर पोखरेलको गैरजिम्मेवारी नै मुख्य कारण हो– उनले भनिन् ।
अहिले परीक्षणको दायरा बढाउनुपर्ने बेला कीटको अभाव देखाएर ल्याब नै बन्द गरिएको छ । बढ्दो संक्रमण परीक्षण गर्न प्रदेश ५ मा कम्तिमा ८० हजार कीट आवश्यक छ– प्रादेशिक अस्पतालका प्रवक्ता डा. रोशनलाल चौधरीले बताए । तर अहिलेसम्म केवल १० हजार कीट मात्र पाइएको जानकारी पनि उनले दिए ।
यस्तो संवेदनशील घडीमा मुख्यमन्त्री पोखरेल भने सत्ता राजनीतिमा अल्झिएकाले आवश्यक सामग्री प्राप्त नभएको कांग्रेस सचेतक क्षेत्रीको आरोप छ । प्रदेश नै कोरोना महामारीको चपेटामा परेका बेला प्रदेशका मुख्यमन्त्री भने सामान्य मुद्धामा अल्झिएका छन् । पार्टी राजनीतिमा फेसबुक र टुवीटरमा लडेर बस्दा उनको प्राथमिकता जनता हुन् कि पार्टी राजनीति भन्नेमा प्रदेशका सचेत नागरिकले प्रश्न उठाएका छन् । सार्वजनिक सरोकारको विषयमा मौन रहने तर पार्टीको आन्तरिक राजनीतिमा मुख्यमन्त्री पोखरेल व्यस्त रहदाँ प्रदेश सरकार र स्थानीय सरकार कै बीच समन्वयको पनि अभाव खट्किएको छ ।
कीटको अभावमा अहिले नेपालगञ्जमा संक्रमितसँग सम्पर्कमा रहेकाहरुको परीक्षण गर्न समेत पाइएको छैन । यो प्रदेशमा झण्डै १० हजार व्यक्ति क्वारेण्टाइनमा बसेका छन्, तर तिनको आरडीटी परीक्षणसमेत गर्न सकिएको छैन । प्रदेश ५ को नेपालगञ्जमा २३ र रुपन्देहीको मर्चबार क्षेत्रमा एक जना कोरोना पोजेटिभ पाइएका छन् । अहिले हटस्पट बनेको प्रदेश ५ मा परीक्षणको दायरा बढाउनुपर्नेमा कीटकै अभाव देखाइनु भनेको गैरजिम्मेवारीको पराकाष्ठा हो– नेपालबहस डटकमसँगकाे कुराकानीमा सचेतक क्षेत्री भन्छिन् ।
संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिएकाले खतरा अझै बढेको भन्दै प्रवक्ता डा.चौधरीले भने– समुदायमा नै संक्रमण फैलिएको अवस्थामा परीक्षण बढाउन सकिएन भने भयावह स्थिति आउन सक्छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले पनि कीटको अभावमा प्रयोगशाला बन्द गरिएको र स्वाब परीक्षणका लागि काठमाडौं पठाउन थालिएको जानकारी दिए ।
यस्तो अव्यवस्थाको कारक मुख्यमन्त्री पोखरेललाई ठानिएको छ । नेकपा प्रदेश ५ को इञ्चार्जसमेत रहेका पोखरेल केन्द्रीय राजनीतिमा बढी सक्रिय हुने गरेकाले समस्या थपिएको मान्ने धेरै छन् । मुख्यमन्त्री पोखरेलले अर्थ जस्तो संवेदनशील मन्त्रालयसमेत आफैं कब्जा गरेर बसेका छन् । काम नगर्ने तर जिम्मेवारीको बोझ थप्ने प्रवृत्तिले प्रदेश आक्रान्त भएको छ– नेकपाकै एक केन्द्रीय नेताले भने ।
जनताका पीरमर्का भन्दा केपी ओलीको संकटमोचनमा बढी तल्लिन रहने भएकाले प्रदेश ५ मा समस्या थपिएको उनको धारणा छ । काम नगर्ने तर सामाजिक सञ्जालमा चर्का कुरा राखेर जनतालाई भ्रमित पार्ने उनको स्वभाव हो भन्दै ती केन्द्रीय सदस्यले भने – अनुदानको रकम समेत व्यापक दुरुपयोग गरेका छन्, तर जनतालाई भ्रम छर्न उनी उद्यत् देखिन्छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार