नेपालगञ्जमा शङ्कास्पद समुदायका सबैको कोरोना जाँच गरिँदै
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ बुधबार १:६:२९
२३ बैशाख, राँझा । नेपालगञ्जमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आजदेखि तीनदिनसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी कोरोना सङ्क्रमित समुदायमा परीक्षणका लागि स्वाब सङ्कलन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
उनका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण हुनु महामारी पूर्वसङ्केत भएकाले नेपालगञ्जलाई नै निषेधित क्षेत्र घोषणा गरेर शङ्कास्पद समुदायका सबैजनाको कोरोना जाँच गरिँदैछ । दोस्रो चरणबारे थाहा नपाउँदैै नेपालगञ्जमा कोरोना सङ्क्रमण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को प्रोटोकलमा सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको अवस्थालाई दोस्रो चरण भनिन्छ । “नेपालगञ्जमा कोरोना दोस्रो चरणमा प्रवेश भएको कुनै पत्तो नै नपाई समुदायस्तरमा सरेको पाइएकोले तेस्रो चरणको सङ्क्रमण हो”, श्रेष्ठले भने, “कम्युनिटी ट्रान्समिसन महामारीपूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने र सावधानीका सबै उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता भएको छ ।”
भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले सङ्क्रमितबाट समुदायका अन्य व्यक्तिमा कोरोना फैलिएपछि यहाँ जोखिम बढेकाले सावधानीका सम्पूर्ण उपाय अवलम्बन गरिएको बताए। “सङ्क्रमित व्यक्तिबाट समुदायस्तरमा कोरोना फैलिसकेको छ । यो भयावहको अवस्था हो । सो क्षेत्र पूरै शिल गरेर सबै जनाको कोरोना जाँच गर्नुपर्छ”, उनले भने, “सङ्क्रमित ब्यक्तिबाट अन्य व्यक्ति हुँदै समुदायस्तरमा सरिसकेका कारण नेपालगञ्ज कोरोनाको खतरा मोडमा पुगेको छ ।”
नेपालगञ्जमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति गत चैत १० मा भारतबाट फर्किएका थिए । नेपालगञ्ज –८ डिएसपी रोड निवासी उनी यसबीचमा महेन्द्रपार्कस्थित अन्सारियन मस्जिदमा नमाज पढ्न र स्थानीयवासीको घरैमा गएर बालबालिकालाई पढाउन जाने गरेको पाइएको छ । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्दै जाँदा महेन्द्रपार्क आसपासका ९० जनाको स्वाब गत शनिबार सङ्कलन गरिएको हो ।
सङ्कलित स्वाबमध्ये आइतबार साँझसम्म ५५ जनाको आरटीपीसीआर विधिबाट स्वाब परीक्षण भएकामा १५ जनामा कोराना सङ््क्रमण फेला परेको छ । यी १५ जनामा पहिलो सङ्क्रमितकै सम्पर्कमा आएका कारण कोरोना फैलिएको हो वा अरु नै पहिलो सङ्क्रमित थिए भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन । परिवारका सदस्यसहित अझै ३५ जनाको नतिजा नआएका कारण यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
नेपालगञ्ज–८ का मुसलमान समुदायका अगुवा समसुद्दीन सिद्धिकीले टोलका सबैजनाको कोरोना जाँच हुनुपर्ने बताए । उनले जाँचका लागि समन्वय र सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिए । सबै सङ्क्रमितको व्यापक रुपमा कन्ट्रयाक ट्रेसिङ गर्ने र ट्रेसिङबाट पहिचान गरिएका सम्भावितको स्वाब परीक्षण गर्न जिल्ला निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनले भने, “उक्त अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैले घरबाहिर निस्कन पाउने छैन ।”
उहाँले स्वाब नमूना परीक्षणमा पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेशन अस्पताल लैजाने र रिपोर्ट नेगेटिभ भएकालाई सुरक्षाको उच्च निगरानीसहित घरमै एकान्तबासमा राख्ने व्यवस्था गरिएको जानकारी दिए ।
जोलाहनपूर्वा : पहिलो चरणको स्वाब परीक्षण
नेपालगञ्जको कोरोना सङ्क्रमित वडा नं ८ जोलाहनपूर्वा टोलमा पहिलो चरणमा सङ्कलन गरिएको स्वाबको परीक्षण सकिएको छ । गत शुक्रबार पहिलो पटक भेटिएका सङ्क्रमितको सम्पर्क भएको हुन सक्ने आशङ्काम जोलाहनपूर्वा क्षेत्रका ९४ जनाको स्वाब सङ्कलन गरिएकामा त्यसको परीक्षण हुँदा २२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कोरोना सङ्क्रमित क्षेत्रमा शनिबार सङ्कलन गरिएका ९४ जनाको स्वाब परीक्षण रिपोर्टमा २२ जनाको पोजेटिभ र ७२ जनाको नेगेटिभ आएको छ । शनिबार स्वाब सङ्कलन गरिएकामध्ये पहिलो चरणमा आइतबार ३० जनाको रिपोर्ट आउँदा नौ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी आइतबार नै अर्को चरणमा २५ जनाको रिपोर्ट आउँदा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
बाँकी ३४ जनाको रिपोर्टमा आज सात जनालाई कोरोना पुष्टि भएसँगै बाँकेमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ । आज रिपोर्ट पोजेटिभ आएका सात जनालाई पनि उपचारका लागि खजुरास्थित कोरोना आइसोलेशन अस्पतालमा पठाइएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । स्थानीय प्रशासनले कोरोना सङ्क्रमण देखिएपछि जोलाहनपूर्वा क्षेत्र र डिएसपी रोड क्षेत्रलाई पूर्णरुपमा बन्द गरी कडा सुरक्षा निगरानीमा राखेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार