होटलले चैतको पारिश्रमिक दिए-नदिएको अनुगमन हुने
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ बुधबार २:२१:५३
२३ बैशाख, काठमाडौं । होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए-नदिएको बारे श्रम विभागले अनुगमन गर्ने भएको छ । सम्पूर्ण उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारीलाई चैत महिनाको तलब अनिवार्य दिन सरकारले निर्देशन दिए पनि केही होटल व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएपछि विभागले अनुगमन गर्न लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा व्यवसायीले मुलुकभर रहेका सम्पूर्ण होटलमा कार्यरत श्रमिकलाई तत्काल चैत महिनाको पारिश्रमिक दिने विषयमा सहमति जनाएका थिए ।
होटल एशोसियशन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले उक्त कार्यको सहजीकरण गर्ने र सोको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयले गर्ने निर्णय भएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए। सरकारले प्रदान गरेको आर्थिक सुविधाको सदुपयोग गरी श्रमिकको पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
प्रतिनिधिसभा बैठक बस्दै
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार