विश्वमै धेरै जनसंख्या भएको मुलुकमा निर्वाचन समय धकेलियो
नेपालबहस संवाददाता
बैशाख २४, २०७७ बिहिबार ०:२५:४३
२४ वैशाख, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धारित निर्वाचन पछाडी धकेलिएको छ । आगामी सेप्टेम्बर २३ तारिखका लागि निर्धारण गरिएको निर्वाचन पछाडी धकेलिने भएको अधिकारीहरुले जनाएका छन् । यस निर्वाचनका लागि झण्डै एक अरब मतदाता रहेका छन्।
राष्ट्रपति जोको विडोडोले सोमबार एक निर्देशन जारी गर्दै यस पुर्वनिर्धारित निर्वाच पछाडी सरेको घोषणा गरेका हुन्।
उनले सेप्टेम्बरका लागि तय गरेको निर्वाचन डिसेम्बरमा हुनेगरी तय गरिएको जानकारी दिएका छन्। अहिले सारेर निर्धारण गरिएको समयमा पनि निर्वाचन हुन्छ की हुन्न भन्ने कुरा कोरोना भाइरसको महामारीको अवस्थामा भर पर्ने उनले स्पष्ट पारेका छन् ।
विश्वमै धेरै जनसंख्या भएका मुलुकहरु मध्ये चौथो देशमा पर्ने इन्डोनेसियामा क्षेत्रीयस्तरको निर्वाचन गर्नु पर्ने बेला भएको हो । राज्य सचिवालयको आधिकारीक वेभसाईटमार्फत् बुधबार दिइएको जानकारीअनुसार देशका २७० क्षेत्रमा निर्वाचन गर्नुपर्ने छ ।
ती क्षेत्रमा नौ जना गर्भनर, ३७ जना मेयर र २२४ जना जिल्ला प्रमुख निर्वाचन गर्नु पर्ने वेभसाईटमा उल्लेख गरिएको छ । इन्डोनेसियामा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ४३८ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३६७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी कुल मृतकको संख्या ८९५ पुग्दा पछिलो २४ घण्टामा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । एपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार