पत्रकार महासंघलाई आईएमएस ग्रुपद्वारा सात हजार मास्क हस्तान्तरण
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार १८:१६:४१
२५ वैशाख, काठमाडौं । आईएमएस ग्रुपद्वारा नेपाल पत्रकार महासंघ, सिनामंगललाई २०७७ साल बैशाख २४ गते सात हजार मास्क हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरस (COVID-19) को कारण सारा विश्व संकटमा छ । सोही अवस्थालाई मध्यनजर गर्दै सरकारले सामाजिक दूरीलाई बढावा दिन निर्देशन दिएको छ ।
आईएमएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्की आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन् । विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको थियो, आईएमएस ग्रुुपका अध्यक्ष दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश पूरा गर्न पर्याप्त मात्रामा मास्क प्रदान गर्दै आएका छन् ।
आईएमएस ग्रुपको बारेमा
आईएमएस ग्रुपका एक स्थानीय समूह हो । जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् । आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।
कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार