आफ्नैबाट टाढिंदै प्रचण्ड
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार २०:९:२५
२५ वैशाख, काठमाडौं । तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता गठबन्धनबाट थालिएको हिमचिम पार्टी एकताको तहसम्म लैजाने मुख्य खेलाडी हुन्– पुष्पकमल दाहाल अर्थात प्रचण्ड । तिनै प्रचण्ड अहिले ओलीलाई जसरी भएपनि सत्ताच्यूत गर्न न्वारनदेखिको बल लगाउँदैछन् । तर सफलता उनको हात लागेको छैन । बरु आफ्नै सहयोद्धाहरुको साथ र समर्थन चाहिँ गुमाउने अवस्थामा पुगेका छन् उनी ।
नेकपाभित्रको सत्ता संघर्षमा प्रचण्डले आफू निकट नेताहरुकै विश्वास लिन सकेका छैनन् । गृहमन्त्रीसमेत रहेका पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’ त यो प्रकरणमा प्रचण्डसँग बिल्कुलै सहमत छैनन् । गएको साता प्रचण्डले बादललाई पटकपटक आपनो निबास खुमलटार बोलाएर ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन सहयोगको याचना गरे । तर बादल टसका मस भएनन् । उनले हरेक पटक एउटै प्रश्न गरे–ओलीको विकल्पमा को ? जवाफ सधैं एउटै–माधवकुमार नेपाल ।
प्रचण्डको यस्तो जवाफले बादलको मन फेरिएन । तपाईं नै ओलीको विकल्पमा उभिने हो भने मेरो पूरा साथ र सहयोग हुनेछ, तर माधवजीका लागि मेरो सहयोगको अपेक्षा नगनुहोला । गत मंसिर ४ गते प्रचण्ड र ओलीबीच भएको सहमति स्मरण गराउँदै बादलले भनेका थिए– पाँच बर्षका लागि ओलीजीलाई प्रधानमन्त्री पद छाडें भन्नुभएको थियो, बरु कार्यकारी अध्यक्षको भूमिका बलियो बनाउनतिर लागौं, ओलीजीलाई यसमा बाध्य गर्न सकिन्छ ।
बादल मात्र होइन, माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्तावमा प्रचण्ड निकट नेताहरु प्रभु साह, टोपबहादुर रायमाझीहरुसमेत सहमत हुन सकेनन् । आखिर केका लागि हामीले ओलीलाई पदच्यूत गर्ने ? प्रभु साहले समेत सोधे प्रचण्डलाई । माधव नेपाल भन्दा केपी ओली नै बरु सही होलान् भन्दै प्रभुले यस्तो कच्चा खेलमा नलाग्न उल्टै प्रचण्डलाई सुझाव दिएको निकट स्रोतको दावी छ ।
माधव नेपाललाई प्रधानमन्त्री बनाउनु भनेको हामी अहिलेको भन्दा अझै तल पुग्ने अवस्था हो भन्दै उनले यो खेलबाट पूर्व माओवादीले केही नपाउने बरु गुमाउने बताए । तर प्रचण्ड भने ओली हटाउ अभियानमा होमिइसकेका छन् । उनी अब प्वाइण्ट अफ नो रिर्टन अर्थात फर्कनै नसक्ने बिन्दूमा पुगिसकेका छन्– निकट स्रोत भन्छ ।
यस्तै तर्क आपूर्तिमन्त्री लेखराज भट्टको पनि रह्यो । ओलीलाई हटाएर माधव नेपाललाई ल्याउँदा पूर्व माओवादीलाई हुने फाइदा के हो त ? भनेर उनले सोद्धा प्रचण्ड नाजवाफ भएको पनि स्रोतले बताएको छ ।
पूर्व सभामुख कृष्णबहादुर महरा समेत अब प्रचण्डलाई साथ दिने पक्षमा छैनन् । यद्यपि ओलीको विकल्पमा माधव नेपाल ठीक हुने उनको तर्क थियो । तर अहिले यो खेलमा प्रचण्डलाई साथ दिन नसकिने उनी निकट स्रोतले जनाएको छ । यौन दुव्र्यबहार प्रकरणमा जेल बस्दा प्रचण्डले आफूलाई वास्ता नगरेकोमा उनको चित्त दुखाइ छ । यसरी हेर्दा प्रचण्ड आफ्नै समूहबाट विस्तारै टाढिंदै गएको भान मिल्छ– निकट स्रोत भन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
मार्शल लगाएर प्रतिनिधि सभाबाट धन्यवाद प्रस्ताव पारित, प्रधानमन्त्रीलाई स्कर्टिङ
जेठ ८, २०८१ मंगलबार
कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
जेठ ८, २०८१ मंगलबार
बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार