कीटनाशक झोलको प्रयोग : असावधानीले निम्त्याउला जोखिम !
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ शुक्रबार ०:१५:१
२५ बैशाख, काठमाडौं । विश्वव्यापि महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिमका बेला त्यसको रोकथाम गर्ने उद्देश्य राखेर मुलुकका विभिन्न क्षेत्रमा किटनाशक झोल छर्कने ‘स्प्रे गर्ने’ गरिएको छ ।
चिकित्सकले यस्तो झोलले मानव स्वास्थ्यमा असर गर्न सक्नेतर्फ सचेत गराइए पनि स्प्रे गर्ने क्रम रोकिएको छैन । त्यसमा होसियारीसमेत अपनाउनु सकिएको देखिँदैन । मानिसको शरीरमै स्प्रे गरिएका दृष्य विभिन्न सामाजिक सञ्जालमा देखिएको छ । धेरैजसो क्षेत्रमा सेनिटाइजेशन टनेल नै बनाएर स्प्रे गरिएको छ । कतिपय ठाउँमा मानव शरीरमा नै खुलमखुला स्प्रे गरिएको छ । चिकित्सकले भने यस्तो स्प्रे मानव स्वास्थ्यका लागि नै हानिकारक हुन सक्नेतर्फ ध्यानाकर्षण गराएको छ ।
नेपाल चिकित्सक सङ्का उपाध्यक्ष अनिलविक्रम कार्की भन्छन्, “यस्ता किटनाषक झोल मानिसको आँखा, मुख, छालामा पर्यो भने चिलाउने, फोका आउने बिबिरा आउने हुनसक्छ, आँखामा पर्दा ज्योतिमा नै समस्या आउन सक्छ, किटनाशक झोल मावन शरीरमा छ्याप्नु हुन्न ।”
सामाजिक सञ्जाल र मिडियामा यसको नकारात्मक असरबारे प्रचारप्रसार हुन थालेपछि कतिपय स्थानमा स्प्रे गर्न बन्द पनि भयो । तर यो क्रम पूर्णतः रोकिएको छैन । काठमाडौं छिर्ने नाका नागढुङ्गामा ठुलो टनेल बनाएर गाडीलाई नै स्प्रे गरिन्छ । तर यसले मानिसलाई नभई सवारीसाधनलाई मात्रै स्प्रे गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा डिस–इन्फेक्सन गर्ने नाममा किटनाशक झोल मानिस र सवारी साधनमा छरेको पाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
मानिसको शरीरमा भाइरस हुने भएकाले बाहिरी आवरणमा स्प्रे गर्दैमा भाइरस मर्ने भन्ने हुँदैन । यस्ता झोल सङ्क्रमण भएको क्षेत्रमा मात्रै प्रयोग गर्ने हो । हाल प्रयोगमा ल्याइएको सोडिएम हाईड्रोक्लोराईड लगायतका केमिकलले भाइरस मार्ने नभई राम्ररी प्रयोग गर्न नजान्दा मानिसको स्वास्थ्यमा नै असर पर्न सक्ने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताउछन । उनले सही तरिकाले प्रयोग नगर्दा स्वास–प्रश्वासमा पनि समस्या आउन सक्ने उल्लेख गरे ।
शरीरमा भाइरस प्रवेश गरिसकेपछि बाहिर छरेर केही नहुने चिकित्सकले बताएका छन् । कोभिड–१९ को विश्वव्यापि महामारीसँगै नेपालमा पनि दैनिक रुपमा देखा परिरहेको छ । हालसम्म ९९ जनामा रोगको सङ्क्रमण देखिसकेको छ ।
सतहलाई डिस–इन्फेक्ट गर्न सकिने
यस्तो किटनाशक झोल तोकेको मात्रा पु¥याएर भूँई, सतह तथा सवारीसाधन, कुनै चिजवस्तु तथा प्याकिङ गरिएका सामग्रीमा स्प्रे गर्दा भने निसङ्क्रमण गर्न सकिन्छ । तर भाइरस रोक्ने भन्ने नहुने डा देवकोटाले बताए। मन्त्रालयलका अनुसार कोभिड–१९ बाट जोगिन सबैभन्दा सरल र महत्वपूर्ण उपाए भनेको २० सेकेण्ड मिचिमिचि हात धुने हो । त्यस्तै सामाजिक दूरी कायम गर्ने र लकडाउनलाई पालना गर्दा रोगसँग बच्न सकिन्छ ।
नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड १९’ नाम दिएको छ । यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वासप्रश्वासका माध्यमबाट सर्ने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट सर्दछ ।
नयाँ प्रजातिको भाइरस पहिले मानव जातिमा पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुमा सङ्क्रमण गर्छ । भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । रुघाखोकी ज्वरो देखिएका बिरामीले भने सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन् । अहिलेसम्म विश्वमा रोगको उपचार विधि पत्ता लागिनसकेको अवस्थामा झोल छर्केर सङ्क्रमण निको हुन्छ भन्नु चाहि गलत हुने चिकित्सकले बताएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार