सिंहदरबार अगाडि चिनियाँ नागरिकले गरे ढुंगामुडा, डिएसपीसहित दर्जन भन्दा धेरै घाइते
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार २२:१९:५१
२६ वैशाख, काठमाडौं । सिंहदरबारको निषेधित क्षेत्र तोड्दै अगाडि बढेको चिनियाँ नागरिकहरुको एक समुह र नेपाल प्रहरीबीच झडप भएको छ । शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरका एक उच्च प्रहरी अधिकारीले नेपालबहसलाई जानकारी दिए ।
उनका अनुसार एक हुल चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरिले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै चीनियाँहरु ढुंगामुडा गर्दै जाइलागेपछि प्रहरीले बल प्रयोग गरेको हो । अहिले उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा राखेको छ । घाइतेको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए । सिंहदरबार अगाडिबाट साढे ३ बजे करीब २५ चिनियाँलाई पक्राउ गरिएको हो । उनका अनुसार निषेधित क्षेत्र तोडेर सिंहदरबार आएर प्रहरीमाथि नै आक्रमण गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । “उनीहरु निषेधित क्षेत्रतर्फ आउन थालेपछि हामीले रोक्यौँ तर उनीहरु नमानेर सिंहदरबारसम्म आए”, उनले भने, “सिंहदरबार आएर पनि हामीमाथि आक्रमण गरेपछि हामीले तिनीहरुलाई नियन्त्रण लिएका हौँ ।”
उनीहरुले प्रहरीको लाठी खोसेर तिनलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरुमाथि लाठी हानेको थियो । लाठीबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको टाउकामा चोट लागेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार बस्नेतसहित नेपाल प्रहरीका पाँच र उनीहरुतर्फ ६ घाइते भएका छन् । पक्राउ गरी तिनीहरुलाई भुकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी दिए ।
प्रहरीले भद्रकालीबाट नै प्रवेश गर्न नदिए पनि उनीहरु ठेलमठेल गर्दै सिंहदरबार पुगेका थिए । पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका थिए । चिनियाँ नागरिकहरु आफ्नो देश फर्किनका लागी धेरै अघिदेखि नै नेपाल स्थित चिनियाँ राजदूतावाससँग माग गरिरहेको थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
मार्शल लगाएर प्रतिनिधि सभाबाट धन्यवाद प्रस्ताव पारित, प्रधानमन्त्रीलाई स्कर्टिङ
जेठ ८, २०८१ मंगलबार
कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
जेठ ८, २०८१ मंगलबार
बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सचेतकहरुसँग छलफल सकिएपछि संसद बैठक सुरुहुने
जेठ ८, २०८१ मंगलबार