एक महिनापछि खुल्यो काँकडभिट्टा नाका
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ शनिबार २३:२३:२२
२७ बैशाख, भद्रपुर । झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो ।
मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज ३० मालवाहक गाडी नेपाल भित्रिएका बताए । उनका अनुसार सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले आज नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला रहेको र अरु पाँच गाडीको सिल खोल्न बाँकी रहेको बताए । उनले २५ मालवाहक गाडी पहिलेदेखि नै भन्सार परिसरमा रहेका जानकारी दिए ।
कोभिड– १९ को सङ्क्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो । कोलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए ।
भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल रहेको बताए । खाली गाडीलाई पानीट्याङ्की नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्याङ्करमा समेत अवरोध पुग्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार