कोरोनाको कहरमा अन्तराष्ट्रिय धादिंग समाजको सहयोग
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ आइतबार ०:५४:१६
२७ बैशाख, काठमाडौं । अन्तर्रा्ष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानिय निकायलाई स्वास्थ्य एवं खाद्यन्न सामाग्री सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै आक्रान्त भइरहेको विषम परिस्थितीलाई मध्यनजर गर्दै समाजले धादिङ जिल्लाभर स्वास्थ्य र खाद्यन्न समाग्री सहयोग गरेको हो । दैनिक ज्याला मजदुरीबाट जीवन धान्नेहरुलाई सहयोग गरौँ, स्वास्थ्य क्षेत्रलाई अत्यावश्यक सामाग्री उपलब्ध गराऔँ” भन्ने मुल उद्देश्यको साथ सुरुभएको अभियान, पहिलो र दोस्रो गरी दुईचरणमा सम्पन्न गरिएको हो । पहिलो चरणमा स्वास्थ्य सामाग्री र दोस्रो चरणमा खाद्यान्न अन्तर्गत २३४० केजी चामल, १३० केजी नुन १३० लिटर तेल, ३२५ केजी दाल र १५ थान गन थर्मो्मिटर सहयोग गरिएको अन्तर्रा्ष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्यालले बताए ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरि माक्स, सेनिटाइजर, पिपिई सेट, सावुन लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको प्रबक्ता राजन खकुरालले जानकारी दिए । दुवै चरणको कार्यक्रम अन्तर्गत १३ वटै स्थानिय निकायको केन्द्रसम्म नै पुगेर समाग्री हस्तान्त्रण गरिएको पनि उनले बताए ।
उक्त अभियानमा देश तथा विदेशमा रहेका सयौँ सहयोगी हातहरुको सक्रिय सहभागिता रहेको थियो । विशेष गरि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका धादिङेली र नेपालमा विभिन्न पेशा तथा व्यावसायमा आबद्ध सहयोगी मनहरुकै कारण अभियानले पुर्णता पाएको समाजले जनाएको छ ।
सामाजिक संजाल मार्फत चलाईएको सो अभियानलाई सफल बनाउन करिब ९ लाख बराबरको सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । साथै पछि उत्पन्न हुने परिस्थितीलाई मध्यनजर गर्दै आबश्यकता अनुसार तेस्रो चरणको कार्यक्रम पनि संचालन गर्न सकिने समाजले जनाएको छ ।
दोस्रो चरणको कार्यक्रम सम्पन्न भएसंगै जिल्ला भरी रहेका स्थानिय निकायलाई स्वास्थ्य र खाद्यान्न सामाग्री पुर्याउने संस्थाहरुमा अन्तर्रा्ष्ट्रिय धादिङ समाज पहिलो र एकमात्रै संस्था समेत बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार