दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ आइतबार ५:१५:१०
२७ बैशाख, दार्चुला । कोराेना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन् । गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन् ।
अस्पतालमा कार्यरत डाक्टर रोशन भगत चौरासिया र गौमा धामी अध्ययन बिदाबाट फर्किएका छैनन् । उनीहरुको समायोजनका बेला सङ्घमा पठाइएको भए पनि दरबन्दी अस्पतालमै रहेको अस्पतालका डाक्टर महादेव भट्टले बताए । दुवै जना तीनवर्षे अध्ययन बिदामा गएका बताइएको छ ।
जिल्ला अस्पतालमा कार्यरत डाक्टर भट्टको करार अवधि यही वैशाख २३ गते सकिएको छ । “आफ्नो करार सेवा अवधि सकिएकाबारे स्वास्थ्य सेवा विभाग र शैल्यशिखर नगरपालिकालाई समेत जानकारी गराइसकेको छु”, डाक्टर भट्टले भने, “तर हालसम्म पहल भएको छैन ।” अहिले करार सेवा अवधि थपिने विभागबाट आश्वासन पाएको उनले बताए ।
अस्पतालमा ‘आमासुरक्षा’ कार्यक्रमअन्तर्गत एक जना डाक्टर लोकेन्द्र थापा मात्र कार्यरत छन् । दरबन्दीका डाक्टर नहुँदा अस्पतालमा ओटी सेवा बन्द भएको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण नगरपालिका विशेष कार्यदलले कोरोना सङ्क्रमणका समयमा चिकित्सक अभाव हुन नदिन विशेष पहल गरिदिन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको समितिका सदस्य जगदीश भट्टले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार