निकुञ्जमा यार्सागुम्बा चोरी, स्थानीयवासी त्रसित
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार १६:२५:२४
२८ बैशाख, जाजरकोट । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा यार्सागुम्बा चोरी गर्ने पुगेका छन् । निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि भन्दै निकुञ्जले आधिकारिक निर्णय र सूचना जारी गर्दै यार्सागुम्बा सङ्कलनमा रोक लगाएको हो तर यार्सा पाउने पाटनहरुमा चोरहरु पुगेपछि स्थानीयवासी त्रसित भएका छन् ।
निकुञ्जको ‘कोर’ क्षेत्रमा पर्ने कुनासा पाटनमा जुम्लाका २४ जनाभन्दा धेरै मानिस यार्सा चोरी गर्न आएपछि स्थानीयवासी त्रसित भएको पुग्मोका स्थानीयवासी धावा लामाले जानकारी दिए । धावाले भने, “हामी कोरोनाकै डरले सरकारको निर्णय मानेर घरमा बसेका छौँ तर जुम्लाका मान्छेले पाटनमा यार्सागुम्बा चोरी गरिरहेका छन्, यो न्यायसङ्गत भएन । तत्काल सुरक्षाकर्मी खटाइदिनुपर्ने भयो ।”
यार्सागुम्बा चोरीभन्दा पनि जुम्लाका मानिस भागेर आएको र उनीहरु भारतबाट सिधै डोल्पाका पाटनमा पुगेको भन्ने सूचना आएकाले स्थानीयवासी डराएको धावाले बताए । चौँरी गोठाला गएकी धावासाङमु लामाले यार्सा चोरी गरिरहेको देखेपछि डरले भागेर घर आएको बताए । धावासाङमुका अनुसार गोठमा राखिएका आलुसमेत खाएको र यार्सा चोरी गरिरहेकाले डरले भागेर चौँरी उतै छाडी घर आएको बताए ।
पुग्मो गाउँको उवा, आलु, गहुँ लगाउने कुनासामा यो वर्ष कोरोनाकै कारण डरले स्थानीयवासीले जेठ २ गतेसम्म नजाने निर्णय गरेका छन् । एकातिर कोरोनाको डर अर्कोतिर चोरको डरले स्थानीयवासी घर बाहिर निस्कन नसकेको धावाले बताए । यता निकुञ्जक प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने सुरक्षाकर्मी पुगिसकेकाले स्थानीयवासीलाई त्रसित नहुन आग्रह गरेका छन् । पौडेलले भने, “हामीले सबैतिर सुरक्षा खटाइरहेका छौँ, वनको संरक्षण गर्ने जिम्मा निकुञ्जको हो स्थानीयवासीले पनि साथ दिनुहोस् ।”
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा १७ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका १० नाकामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गर्ने भने पनि हालसम्म सबै क्षेत्रमा नपठाएको स्थानीयवासीको आरोप छ । निकुञ्ज र मध्यवर्तीका जगदुल्ला नाका, त्रिपुरासुन्दरी नाका, धो नाका, सुम्दुहानाका, रिग्मो नाका, रह नाका र मुगुको डोल्फु नाका सिल गरी सुरक्षाकर्मी राख्ने भएको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रका पाटनहरुमा यार्सागुम्बा चोरी गर्न गए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कानूनी कारवाही हुने संरक्षण अधिकृत पौडेलले जानकारी दिए तर स्थानीयले नियम पालना गरिरहेको बेलामा बाहिर जिल्लाका मानिस चोरीका लागि पाटनमा पुगिसकेका छन् । जिल्लामा यार्सागुम्बा पाउने पाटनमा करिब ७० प्रतिशत क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य बाँकी वनअन्तर्गत पर्दछन् । निकुञ्ज र वनमा हरेक वर्ष सरदर ४० हजारभन्दा धेरै मानिस यार्सागुम्बा सङ्कलनमा जाने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार