पाल्पाका जीवलाल घिमिरे ! जेटिएको जागिर छाडेर कुरिलो खेतीमा
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार १६:३२:२८
२८ बैशाख, रामपुर । व्यावसायिक रुपमा कुरिलो खेती गरेका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उनी एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्छन । ‘लकडाउन भएपछि घरमै कुरिलो खरीद गर्न धेरै आउँछन्, लकडाउनले कुरिलोको माग बढ्यो, पु¥याउनै समस्या भइरहेको छ’, उनले भने । उनले गत फागुन २८ गतेदेखि हालसम्म रु एक लाख एक हजारको कुरिलो बिक्री गरिसकेका छन् ।
बन्दाबन्दीको समय भएकाले बगनासकाली आसपासका क्षेत्रबाट मानिसले घरमै आएर कुरिलो लैजाने गरेपछि नियमित ग्राहकसमक्ष पु¥याउन नसकिएको उनको भनाइ छ । बन्दाबन्दीको समय लम्बिँदै जादा पाल्पामा कुरिलोको माग बढ्दै गएको छ । व्यावसायिक रुपमा जिल्लाको बगनासकाली– ८ बराङ्गी क्षेत्रमा कुरिलोको व्यावसायिक खेती गरिँदै आएको छ ।
घिमिरेले कुरिलोको माग अहिले ह्वात्तै बढेपछि बेमौसमी याम ‘ मंसिर, पुस र माघ’ मा उत्पादन लिनका लागि दुई सय बिरुवा टनेलमा लगाएका छन । साढे तीन रोपनी क्षेत्रफलमा कुरिलो लगाएका घिमिरे बजारमा हाल प्रतिकिलो रु चार सयमा बिक्री गर्छन ।
किसान केशवमणि बस्यालले कुरिलोको माग अहिले बढेपछि एक सय विरुवा थप गरेका छन् । परीक्षणका रुपमा लगाइएको ९० बोटबाट उत्पादन राम्रो र माग धेरै भएपछि विरुवा बढाएका हुन् । यहाँ उत्पादित कुरिलोको बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरेको भनाइ छ । उनले फाइदा हुने भएपछि जेटिएको जागिर छाडेर कुरिलोको व्यावसायिक खेतीमा लागेका हुन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा मागमा आधारित व्यावसायिक कुरिलो विस्तारका लागि तालीम, वीउवितरण जस्ता कार्यक्रम गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउछन । उनका अनुसार गाउँपालिकाका सबैजसो ठाउँमा कृषकले थोरैथोरै भए पनि कुरिलो लगाएका छन् । बिक्रीका लागि व्यावसायिक खेती गर्ने कृषक भने करीब छ जना छन् ।
जिल्लामै कुरिलोको व्यावसायिक खेती बगनासकालीको बराङ्गी क्षेत्र मात्र भएको छ । जिल्लाका अन्य स्थानमा पछिल्लो समय घरायसी प्रयोजन र सोंखका लागि पनि कुरिलो लगाउने गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन । मागमा आधारित कार्यक्रमअन्तर्गत अनुदान दिनलिनका लागि एक कृषकले कम्तीमा २० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
असोज ५, २०८१ शनिबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार