सप्तरीका कोरोना संक्रमित युवकलाई अस्पताल ल्याउने तयारी
नेपालबहस संवाददाता
बैशाख २९, २०७७ सोमबार २३:३८:३२
♦ धीरुभाई
२९ बैशाख, सप्तरी । सप्तरीमा भेटिएका कोरोना संक्रमति यूवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याउने तयारी भईरहेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका १८ वर्षीय एक युवकमा कोरोना संक्रमण पाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आज सोमबार अपरान्ह कोरोना संक्रमण भेटिएपछि तत्कालै अस्पतालको आइसोलेशनमा राख्ने तयारी भइरहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनको कोरोना पुष्टि भएको हो । पाँच दिन अघि गत २५ गते स्वास्थ्य कार्यालय सप्तरीले सो क्षेत्रको क्वारेन्टाइनमा समय अवधि पूरा गरेका उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।
गत बैशाख ९ गते चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर सप्तरी आइपुगेका उनीहरुलाई पातोस्थित चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको सो वार्डका अध्यक्ष प्रदीप साहले जानकारी दिए । क्वारेन्टाइनमा रहँदा उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
१९ दिन क्वाराइन्टेनमा बसेका उनी गएराती मात्रै घर पुगेको एक स्थानीयले बताएका छन । यता संक्रमित भेटिएपछि थप कदमबारे जिल्ला संकट व्यवस्थापन समितिको तत्कालै बसेको बैठकले कुनै निर्णय नगरेको भएपनि संक्रमित बसेको क्वारेन्टाइन, घर, टोल बस्तीको बस्तुस्थिति अध्ययनपछि मात्र निर्णय लिने सहमतिपछि त्यसतर्फ समितिका पदाधिकारी गएकोे जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार