नेपालमा कोरोना संक्रमितहरुको संख्या २१७ पुग्यो
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ बुधबार ४:४२:८
३० बैशाख, काठमाडौं । नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ। मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्।
पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्। पर्साका २२ वर्षदेखि ६० वर्षसम्मका महिला, १६ वर्षदेखि ६१ वर्षसम्मका पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीका १६ र ३५ वर्षका दुई पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो।
त्यस्तै काठमाडौँका ३३ वर्षीया महिला, भक्तपुरकी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसअघि मंगलबार नै ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार
बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित
जेठ २, २०८१ बुधबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार