कोरोना अब समुदायमा प्रवेशसँगै तेस्रो चरणमा
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार १९:१७:५३
३१ बैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुगेको विज्ञहरुको बुझाई छ । गएको ७२ घण्टामा धेरै संख्यामा कोरोना संक्रमित फेला परेका छन् । हिजै मात्र ७२ जना नयाँ संक्रमित फेला परे । जसमा राजधानी काठमाडौंमा एक र भक्तपुरमा दुई जना संक्रमित भेटिए ।
उता, पर्साको बीरगञ्जमा त दुईजना पत्रकारसहित ५७ जना एकै दिन संक्रमणको चपेटामा परे । यसबाट देशको भयावह अवस्था चित्रण गरेको छ । तर राजधानीलगायत देशका मुख्य शहरी क्षेत्र भने केही दिनयता सामान्य देखिएका छन् । लकडाउन खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान गराउने सरकारी निर्णयले संक्रमण फैलाउन सघाएको जस्तो पो देखियो । पछिल्लो अवस्थामा देखिएको संक्रमण लकडाउनकै अवधिको उपज पाइएको छ ।
लकडाउन सुरु भएपछि भारतबाट लुकिछिपी आउनेहरुबाटै संक्रमण फैलिएको पुष्टि भएको छ । राजधानीमा देखिएका संक्रमितसमेत तराईबाटै आएको पाइएको छ । यस्तो अवस्था देखिएपछि हिजोको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा लकडाउन उल्लघंन भएको भन्दै आक्रोश पोखेका थिए ।
लगत्तै गृहमन्त्रालयले यसअघि जारी भएका सबै सवारी पास खारेज ग¥यो । साथै, अत्यावश्यकीय काम बाहेक बाहिर निस्कन कडाई गर्ने निर्णय गरेको छ । यसले जनजीवन फेरि केही कष्टप्रद भएको छ । तर नागरिकको स्वास्थ्य रक्षा गर्ने सरकारी दायित्वबाट पन्छन नमिल्ने ओलीको अभिव्यक्ति पनि कम मार्मिक चाहिं छैन ।
स्थायी कमिटी स्थगित
यसैको आडमा आज बिहान ११ बजेका लागि तय नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको छ । कोरोना संक्रमण फैलने त्राश भन्दै बिहान साढे ९ बजे स्थायी कमिटी सदस्यहरुलाई खबर गरिएको थियो । लामो बहस र विवादपछि आज बिहानका लागि तय गरिएको स्थायी समिति बैठक अब अनिश्चित बनेको छ । तर कतिपय सदस्यले भिडियो कन्फरेन्समार्फत भएपनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
भीम रावल नै संक्रमित ?
हिजो कोरोना संक्रमण पुष्टि भएका एक पुरुष सशस्त्र प्रहरीका जवान भएको पाइएको छ । उनी पूर्व गृहमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य भीम रावलका गार्ड रहेका थिए । रावलको सुरक्षा गार्ड नै संक्रमणको चपेटामा रहेको भन्दै स्थायी कमिटी बैठक राख्ने अवस्था नभएको ओली पक्षीय नेताहरुले आवाज उठाएका थिए । रावल जस्ता अरु नेताहरु पनि छन् , जसमा कोरोना संक्रमण भएको हुनसक्छ भन्दै स्थायी कमिटी सदस्यहरुले बैठक स्थगनको माग राखेका थिए ।
रावलको आपत्ति
आफ्नो सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएकै आधारमा स्थायी कमिटी बैठक स्थगित गरिएको भए गलत भएको टिप्पणी गरेका छन् । नेता रावलले विगत एक महिनायता ड्युटीमा नरहेका संक्रमित भनिएका प्रहरी जवानसँग आफ्नो कुनै सम्पर्क नरहेको दावी गरेका छन् । एक महिनाअघि श्रीमती बिरामी भन्दै उनी घर गएका र केही दिनअघि आउँछु भन्दा कोरोना जँचाएर मात्र आउनु भनेको स्पष्ट गरेका छन् । त्यसपछि उनले जँचाउँदा कोरोना पुष्टि भएको उनले बताए । साथै, आपूmले भर्खरै संसद सचिवालयमा कोरोनाको पीसीआर गर्दा नेगेटिभ आएकाले बैठक स्थगित गर्न पर्ने अवस्था नरहेको उल्लेख गरे ।
सरकारी सुस्तता
देशमा कोरोना संक्रमण फेला परेको करिब तीन महिना बित्यो । तर सरकारले पर्याप्त स्वास्थ्य उपकरण र परीक्षण कीट ल्याउन सकेको छैन । परिणामतः पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दो छ । अब त दिनकै सयौंको संख्यामा संक्रमित फेला पर्न थालेका छन् । तर आवश्यक परीक्षण कीट अझै आएको छैन । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफू निकट ओम्नी समूहलाई महंगो र गुणस्तरहिन सामग्री ल्याउन अनुमति दिंदा विगतमा विवाद भएको थियो । त्यसपछि सरकारले नेपाली सेनालाई सामान ल्याउन अनुमति दिएपनि उसले ल्याउन सकिरहेको छैन । तर संक्रमण भने डंढेलो जस्तो सल्किसकेको छ ।
लकडाउन कडा पारौं
सरकारले लकडाउन गरेको छ, तर सीमा क्षेत्रबाट मानिस निर्वाध आवतजावत गरिरहेका छन् । भारतीय सीमाबाट लुकिछिपी आउनेको संख्या हजारौं पुगेको छ । पछिल्ला दिन देखिएको संक्रमण तिनीहरुबाटै फैलिएको पुष्टि भईसकेको छ । यता, राजधानी काठमाडौं तुलनात्मक रुपमा सुरक्षित र कम जोखिममा रहेको ठानी धेरै मानिस यसबीच भित्रिएका छन् । संक्रमित क्षेत्रबाट निर्वाध आवतजावत गर्ने उनीहरुले नै राजधानीमा पनि कोरोना भाइरस ल्याएको देखिन्छ । त्यसैले लकडाउन गर्ने नै भए साँच्चैको लकडाउन गर्न विज्ञहरुको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकसले बुझ्ला यात्रुका पीडा !
जेठ १, २०८१ मंगलबार
सडक जाम नगरी संसद पुगे राष्ट्रपति पौडेल [ फोटोफिचर ]
जेठ १, २०८१ मंगलबार
वीरगञ्जमा खानेपानीको संकट गहिरिँदै
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल
जेठ २, २०८१ बुधबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार