यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्वारा सप्तरी जिल्लालाई स्वास्थ्य सामग्री
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार २१:८:५
३१ बैशाख, नुवाकोट । सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सप्तरीमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि केसी मेमोरियल ट्रस्टले सप्तरीका लागि एक कार्यक्रमबीच माननीय संविधानसभा सदस्य सक्कलदेव सुतियारमार्फत कोरोनासम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेको हो ।
कोरोनासम्बन्धी स्वास्थ्य सामग्री वितरणमा नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा सप्तरी जिल्लालाई एकहजार थान माक्स र एक हजार थान साबुन ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले हस्तान्तरण गरेका हुन् । सो अवसरमा संस्थाका ‘महासचिव’ तथा नेका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीको उपस्थित थियो । डा. केदार नरसिंह केसीकी छोरी स्वर्णिमा केसीको सकृयतामा उक्त सामग्री उपलब्ध गराइएको हो ।
यो विपत्तिको घडीमा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले अन्य जिल्लाहरुमा समेत अति आवश्यक स्वास्थ सामग्रीहरु विभिन्न चरणमा उपलब्ध गराई सहयोग गर्दै आईरहेकाे छ् ।
यसैबीच, सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले लमजुङ जिल्लाकाे मर्स्याङ्दी गाउँपालिकामा कोरोनासम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेको छ।
नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा लमजुङको मर्याङ्दी गाउँपालिका प्रतिनिधि शिक्षक संघका सभापति श्याम थापालाई ज्वरो नाप्ने डिजिटल थरमामिटर सोमबार हस्तान्तरण गरेकाे हो ।
यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले हस्तान्तरण गरेका हुन् । सो अवसरमा संस्थाका महासचिव तथा नेका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीको पनि उपस्थित थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार