नियमित स्वास्थ्य सेवा नहुँदा बालबालिका थप जोखिममा
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार २२:१:२७
३१ बैशाख, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष ‘युनिसेफ’ ले कोभिड–१९ को महामारीका कारण नियमित स्वास्थ्य सेवा अवरुद्ध भइरहे नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ ।
युनिसेफले ‘द ल्याण्डसेट ग्लोबल हेल्थ’ मा हालै प्रकाशित जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य शिक्षालयका शोधकर्ताले गरेको अध्ययनलाई उल्लेख गर्दै नेपालमा आगामी ६ महिनासम्म प्रतिमहिना थप ६७० जनासम्म बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको हो ।
पहिल्यै कमजोर अवस्थामा रहेका स्वास्थ्य प्रणालीलाई कोभिड–१९ ले ध्वस्त पारेको हालको अवस्थामा रोकथाम गर्न तत्काल पहल गर्न नसकिए विभिन्न रोगबाट दक्षिण एशियामा प्रतिदिन थप दुई हजार ४०० बालबालिकाको मुत्यु हुन सक्ने चेतावनी दिइएको छ ।
प्रक्षेपणले नियमित स्वास्थ्य सेवामा आएको अवरोध र ख्याउटेपनका कारण बालबालिकामा त्यस प्रकारको असर पर्ने जनाइएको छ । युनिसेफका दक्षिण एबियाका क्षेत्रीय स्वास्थ्य सल्लाहकार डा पल रटरले कोभिड–१९ को समयमा पनि सुत्केरी सेवा, बाल स्वास्थ्य तथा पोषण सेवाको उपलब्धता सुनिश्चित गर्नु अत्यन्तै महत्वपूर्ण भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार