एक दशकपछि घरघरमा बिजुली, स्थानीयवासी खुशी
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १८:४४:४३
५ जेठ, रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा आयोजना शुरु भएको एक दशकपछि बिजुली पुगेको छ । गाउँपालिकाका ३, ४, ५, ६ र ७ वडामा विद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बाल्न थालिएको छ ।
स्थानीय लालीगुराँस ग्रामीण विद्युत् सहकारी संस्थामार्फत आयोजनाको काम थालनी गरिएको हो । नाकाबन्दी, सामान, गाउँमा सडकलगायत विविध समस्याका कारणले आयोजनाको काम ढिलो हुन पुगेको संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताए।
गत शनिवारदेखि वडा नं ४ का करीब ९५ र ६ का १६५ घरधुरीमा बिजुली बल्न शुरु भएको छ । आजभन्दा पन्ध्र दिनअघि वडा नं ५ का गाबुडाँडा, राइकोट, धनुबास र खरकडाँडा गाउँका करीब पाँच सय घरधुरीमा विद्युत् सुविधा पुगिसकेको छ ।
सो वडाका बाँकी गाउँ तथा बिजुली पुग्न बाँकी रहेका गाउँपालिकाका वडा नं ३ र ७ मा पनि विद्युतीकरणको काम भइरहेको छ । विद्युतीकरणका लागि एक घरधुरीबाट रु पाँच हजार शुल्क लिइएको छ । तेत्तीस केभी क्षमताको राष्ट्रिय प्रसारण लाइन रहे पनि अहिले यहाँ ११ केभी क्षमताको विद्युत् विस्तार गरिएको हो । पाँच वडामा गरेर करीब दुई हजार सात सय धरधुरी सो आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यस वर्षभित्र गाउँका बाँकी सबै घरधुरीमा बिजुली बाल्ने योजना छ । टुकी, लघु जलविद्युत् आयोजना तथा सौर्य ऊर्जा प्रणालीका भरमा जीवन गुजारा चलाउन बाध्य यहाँका नागरिक अहिले घरघरमा बिजुली पुगेपछि खुशी भएको मित्यालवासी तथा मौलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर ठाडाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार