भीरकोटको अबरुद्ध हाटबजार सञ्चालनमा
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार १९:११:३५
११ जेठ, स्याङ्जा । कोरोना भाइरस (कोभिड १९) का कारण अबरुद्ध रहेको स्याङ्जाको भीरकोट नगरपालिकामा संचालित साप्ताहिक हाटबजार सामाजिक दुरी कायम गर्दै सञ्चालनमा ल्याईएको छ । गाउँगाउँमा उत्पादन भएका कृषि उपजलाई सहजरुपमा बजारसम्म पु¥याउने उद्देश्यले पुनः हाटबजार सञ्चालनमा ल्याईएको हो ।
झण्डै २ महिना अबरुद्ध बनेको हाटबजार सञ्चालनमा आएपछि कृषक मात्रै होईन बजारमा रहेका उपभोक्ता समेत खुशी भएका छन् । गाउँगाउमा उत्पादन भएको तर बजार नपाएको गुनासो बढेपछि हाटबजार सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख छायाँराम खनालले जानकारी दिए । उनका अनुसार गाउँगाउँमा उत्पादन बढेको र बजारका उपभोक्ताले नपाएको गुनासो आएपछि बजार संचालनमा ल्याईएको हो ।
हाटबजार दैनिक बिहान ९ देखि साँझ ४ बजेसम्म सञ्चालनमा आउनेछ तर खरिदबिक्री भने मध्यान्ह १२ बजेपछि मात्र हुने नगरपालिकाले जनाएको छ । कृषकको उत्पादन नगरपालिकाले खरिद गर्ने र होलसेल मुल्यको २ प्रतिशत राखेर नगरपालिकाले नै उपभोक्तालाई बिक्री वितरण गर्ने व्यवस्था मिलाईएको उपप्रमुख सीमा केसी कर्माचार्यले बताईन । कृषकले उत्पादन गरेका कृषिउपजहरु बिहान १२ बजे अगाबै हाटबजारमा ल्याउनुपर्ने र नगरपालिकाले बजारमा चलेको होलसेल भाउमा खरिद गरेर हाटबजारमा बेच्ने उपप्रमुख कर्माचार्यले बताईन ।
नगरपालिकाले नै कृषिउपज खरिद गरिदिने भएपछि आफूहरु निक्कै उत्साहित भएको स्थानीय कृषक बिक्रम केसीले बताए । उत्पादित बस्तुको बजार नपाएका बेला नगरपालिकाले नै खरिद गरिदिने भएपछि उत्पादनमा हौसला आएको समेत उनले सुनाए । हाटबजारमा दैनिक २ जना कर्मचारीले फलफुल तथा तरकारी किनबेच गर्ने व्यवस्था मिलाई हाटबजारलाई व्यवस्थित गरिएको छ । हाटबजारमा काक्रा, घिरौला, लौका, करेला, फर्सीहरु प्रशस्त मात्रामा रहेको नगरपालिका कृषि संयोजक तथा नगर प्रवत्ता दीपेन्द्र केसीले बताए ।
पछिल्लो समय भीरकोटका नगरबासिन्दा आफ्नो बाँझो खेतियोग्य जग्गालाई उपयोग गर्न थालेको वडा नम्वर ५ का यामप्रसाद अधिकारी ‘लक्ष्मण’ ले जानकारी दिए । बाँझो खेतीयोग्य जमिनमा ‘ब्लक एरिया’ मार्फत माटो सुहाँउदो आलू, मकै, धान खेती गर्ने निर्णय भएपछि नगरवासी कृषिमा उत्साहित भएर लागेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार