विद्युत् महसुल सङ्कलन गर्न जोखिमपूर्ण तबरले काम लगाएको भन्दै विरोध
नेपालबहस संवाददाता
जेठ १२, २०७७ मंगलबार ०:२०:५९
१२ जेठ, काठमाडौं । लकडाउनको समयमा सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सर्तकता अपनाएर विद्युत् महसुल सङ्कलन गर्ने भन्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई लिएर कर्मचारीका बीचमा विवाद देखिएको छ । प्राधिकरणका क्रियाशील कर्मचारीको आधिकारीक टे«ड युनियनले संस्थाको निर्णयअनुसार सम्पूर्ण सुरक्षा प्रबन्ध गरेर काम गर्न तयार रहेको बताइरहेका छन् । उनीहरु विपद्को समयमा व्यक्तिगत सुरक्षाका सम्पूर्ण उपाय अपनाएर काम गरिरहेको बताइरहेको बेला एकाध कर्मचारीले भने जोखिमपूर्ण तबरले काम लगाएको भन्दै विरोध गरेका छन् ।
प्राधिकरणको आधिकारीक टे«ड युनियन राष्ट्रिय कर्मचारी युनियनले अत्यावश्यक विद्युत् सेवा प्रवाहमा खटिने स्थायी, म्यादी, करार, ज्यालादारी र गोटा गन्तीका मिटरमिटर रिडरलगायतका कर्मचारीले सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्देशनबमोजिमका स्वास्थ्य सुरक्षाका विधि अनाएर सुरक्षित तबरले काम गर्न सबै कर्मचारी तयार भएको जनाएको छ । प्राधिकरणका क्रियाशील सबै टे«ड युनियन र व्यवस्थापनबीच गत वैशाख २४ गते संयुक्त छलफलमा सहमति भएको थियो ।
सो छलफलका आधारमा प्राधिकरणले उत्प्रेरणात्मक सुविधा प्रदान गर्ने, सबै कर्मचारीलाई बिना भेद्भाव जोखिम भक्ता उपलब्ध गराउने, स्वास्थ्य बीमा गर्ने र आरडीटी तथा पीसीआर पद्धतिबाट स्वास्थ्य परीक्षण गर्नेलगायतका विषयमा प्रक्रिया अगाडि बढेको आधिकारिक टे«ड युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलले जानकारी दिए।
प्राधिकरणमा क्रियाशील कर्मचारी सङ्घले भने विषम अवस्थामा कोरोनाका अति प्रभावित क्षेत्रमा समेत महसुल सङ्कलन काउण्टर खोलेको र कर्मचारीलाई जोखिमपूर्ण काम लगाएको भन्दै आपत्ति जनाएको छ । सङ्घका अध्यक्ष जनार्दन भट्टराईले सङ्क्रमण बढी भएका स्थानमा सावधानी नपनाई बढी भिडभाड हुने गरी कर्मचारीलाई काममा लगाइएको भन्दै विज्ञप्तिमार्फत प्राधिकरणको काम गर्ने शैली गलत भएको जिकिर गरे ।
विद्युत् सेवा अत्यावश्यक सेवा भए पनि सङ्घले भने देशभर लकडाउन रहेको र अति आवश्यक सेवाबाहेकका सम्पूर्ण सरकारी कार्यालयका कामकाज बन्द गरिएको भन्दै महसुल सङ्कलन र मिटर रिडिङको काम गर्न नहुने दाबी गरेको छ । आधिकारिक टे«ड युनियनका संयोजक पौडेलका अनुसार कर्मचारी उच्च मनोबलका साथ विद्युत् सेवा प्रवाहमा खटिएका कर्मचारीलाई भ्रमित पार्ने, विद्युत् महसुल सङ्कलन कार्यको विरोध गर्ने, कर्मचारीको मनोबल गिराउने, प्राधिकरणको लोगो अनाधिकृत प्रयोग गरी भाम्रक प्रचार गरेको भन्दै कोही कसैले पनि त्यस्तो कार्य नगर्न नगराउन आग्रह गरे ।
प्राधिकरणका कर्मचारीको हकहित र सुरक्षाका लागि आधिकारिक टे«ड युनियन सदैव कटिबद्ध रहेको र प्रतिबद्धताका साथ लागि परेको जानकारी दिँदै संयोजक पौडेलले सङ्कटको समयमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर काम गर्न आफूहरु तयार रहेको बताए ।
जोखिमपूर्ण काममा खटेका कर्मचारीको स्वास्थ्य बीमा, थप सेवा तथा सुविधा तथा कोरोना परीक्षणका लागिसमेत प्रक्रिया अगाडि बढिसकेको छ । त्यसो त प्राधिकरणले आफ्नै वेवसाइट तथा विद्युतीय भुक्तानी प्रणालीबाट महसुल सङ्कलन गर्ने कार्य अगाडि बढाएको छ । आफ्नो घरमा रहेको विद्युत् मिटर अध्ययन गरी सोही अनुसारको महसुल भुक्तानी गर्न सकिने प्रबन्धसमेत गरेको छ ।
आधिकारिक टे«ड युनियनले संस्थागत हित र आर्थिक अवस्थालाई ख्यालमा राखेर कोरोनासँग जोगिदै काम गर्न आग्रह गरे पनि कर्मचारी सङ्घले भने जोखिममा काम लगाएको भन्दै आपत्ति प्रकट गरेको छ । आधिकारिक टे«ड युनियनका सहसयोजक खगेन्द्र शाहीले विपद्को समयमा सबै कर्मचारी मिलेर प्रभावकारी तबरले काम गर्न तयार भए पनि केही कर्मचारीले भने भ्रम सिर्जना गर्न खोजेको बताए । लकडाउनका कारण महसुल सङ्कलन काउण्टर बन्द हुँदा महसुल उठ्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार