नेपालमै तयार भयो कोरोनाविरुद्ध खोप :- परीक्षणको माग
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १९:४३:२२
१८ जेठ, हेटौंडा । हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएकजिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा. डा. ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका हुन् । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष समेत रहेका डा. दासले यसअघि हर्बल सेनिटाइजर बनाईसकेका छन् ।
सीमित स्रोतसाधन भएपनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययन अनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा. दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए । एकहप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए ।
वनारस हिन्दू विश्वविद्यालयबाट फाईटो केमेष्ट्रीमा पीएचडी गरेका डा. दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबधर्क जडिबुटीबाट निर्माण गरिएको हो । केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको थियो । ‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरेका छन् ।
कलेजका प्रा. दामोदर गैरेले पनि डा. दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गरेका छन् ।यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह छ । सङ्घीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार
अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी
जेठ २, २०८१ बुधबार