कर वुझाउने सूचनाप्रति नेपाल चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण
नेपालबहस संवाददाता
जेठ २०, २०७७ बुधबार २:२८:७
२० जेठ, काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व बिभागको कर बिवरण एवम रकम वुझाउने आज २० गते प्रकाशित सूचनाप्रति नेपाल चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड-१९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लकडाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेको छ ।
तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य विविध खर्चहरु समेत धान्न नसकी रहेको अवस्था छ । आ.ब.२०७७/७८को प्रस्तुत बजेट सम्वोधनको क्रममा समेत व्यवसायीक क्षेत्रले भोगी रहेको कठिन चुनौतिलाइ स्वीकार गरि सकेको अवस्था पनि छ ।
यस्तो कठिन अवस्थामा व्यवसायीक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लकडाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको चेम्वरले जनाएकाे छ ।
स्वास्थ सुरक्षाको प्रत्याभूतीका साथ लकडाउनको अवधिमा अविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्न अनुरोध समेत गरेकाे छ । यस परिस्थितिमा लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर बिवरण एवम रकम वुझाउने व्यवस्थाका लागि मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ साथै बिद्यमान सूचना खारेज गरी व्यबसायीको माग बमोजिम नर्या सूचना जारी गर्न समेत अनुरोध गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार