आजबाट राजधानीका पसल खुले
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १७:२०:२६
२२ जेठ, काठमाडौं । खड्गप्रसाद ओलीले लकडाउनलाई सत्ता रक्षाको कवच बनाउने हेतुले प्रयोग गर्न थालेको अनुभूति भएपछि अवज्ञाको लहर सुरु भएको छ । यसैक्रममा आज उपत्यकाका साना व्यापारीले पसल खोल्ने निर्णय गरेका छन् ।
नेपाल राष्ट्रिय व्यावसायी महासंघले आजबाट उपत्यकाका न्यूरोड लगायत मुख्य व्यापारिक स्थानमा सामाजिक दूरी कायम राखी व्यावसाय सञ्चालन गर्ने निर्णय गरेको छ । ओली सरकारले कोरोना भाइरसविरुद्ध लड्न लकडाउनलाई मात्रै निर्बिकल्प अस्त्रका रुपमा प्रयोग गर्ने तर व्यावसायीलाई कर तिर्न भने ताकेता गर्ने नीति लिएपछि यस्तो अवस्था आएको हो ।
महासंघका अध्यक्ष नरेश कटुवालले अब सरकारको गैरजिम्मेवार प्रवृत्तिलाई अवज्ञा गर्नुको बिकल्प नरहेको पनि स्पष्ट गरे । हामीले आफ्ना सबै सदस्यलाई आजैबाट पसल, व्याबसाय सञ्चालन गर्न आह्वान गरेका छौं– अध्यक्ष कटुवालले भने । महासंघको उपत्यकामा मात्रै २७ वटा सदस्यहरु रहेका छन् । प्रत्येक सदस्यमा झण्डै एक हजारको संख्यामा पसलहरु आवद्ध छन् ।
अध्यक्ष कटुवालका अनुसार, देशै भरिका व्यावसायीलाई पसल सञ्चालन गर्न आह्वान गरिएको छ । महासंघ मातहत ठूला मल, कम्प्लेक्स, गार्मेण्ट लगायत आवद्ध छन् । सरकार हाम्रा समस्याप्रति अनुदार भएपछि वाध्य भएर यस्तो अप्रिय निर्णय लिनुपरेको हो भन्दै अध्यक्ष कटुवालले भने– हामीले पसल खोल्दा प्रशासनले बल प्रयोग ग¥यो भने सरकारलाई कर तिर्न वाध्य छैनौं । बैंकको व्याज, घरभाडा र कामदारको तलब दिन पनि अब व्यावसाय नचलाउनुको बिकल्प रहेन ।
तर व्यावसाय गर्दा अन्तराष्ट्रिय अभ्यासको भने ख्याल गरिने पनि उनले बताए । सकेसम्म स्वास्थको ख्याल राखेर हामीले पसल सञ्चालन गर्ने हो भन्दै अध्यक्ष कटुवालले यसो गरियो भने मात्र सरकारलाई राजश्व तिर्न सकिने धारणा राखे ।
कोरोना भाइरसको महामारीबाट बच्नका लागि गरिएको लकडाउनले देशको अर्थतन्त्र ठप्प भएको र सरकारले भाइरसको रोकथामका लागि बढाएको लकडाउनका कारण व्यवसायीहरु निकै मारमा परेका छन् । सरकारले नेपालमा तीव्र रुपमा कोरोना भाइरस संक्रमण फैलिरहेका कारण जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार