चितवनमा पनि थोक बजार खुल्ला
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १८:६:४
२२ जेठ, रत्ननगर । बन्दाबन्दीका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो । यसबाट कृषकले उत्पादन गरेको तरकारी खेर गएको थियो ।
भारतीय तरकारी बोकेका सवारी साधन बजारमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाकै ठूलो सो तरकारी बजार बन्द गराएको थियो । जिल्लामा कोरोना सङ्क्रमित समेत देखिन थालेपछि स्थानीयवासीले तरकारी बजार बन्द गराउन दबाब दिएका थिए । अहिले पनि भारत तथा अन्य मुलुकबाट बजारमा तरकारी तथा फलफूल ल्याउन भने बन्द नै गरिएको छ ।
भरतपुर महागनरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, कृषि ज्ञान केन्द्र, महानगर फलफूल तथा थोक बजार समिति र टोल विकास संस्थाबीचको संयुक्त बैठकले फलफूल तथा तरकारी बजार खुलाउने सहमति गरेको हो ।
सो बैठकले बिहान ६ देखि बेलुका ४ बजेसम्म सो बजार खोल्ने सहमति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । तर पहिलो चरणमा सो बजारका थोक पसलमात्र खुल्नेछन् । यी पसलले स्वदेशीउत्पादन मात्र बिक्री गर्नुपर्ने नियम बनाइएको छ । महानगर फलफूल तथा तरकारी बजारमा ६० होलसेल पसल रहेका छन् । सो बजारमा तत्कालका लागि खुद्रा बेच्न भने रोक लगाइएको छ ।
उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा कृषक समस्यामा पर्दै आएका छन् । बजार खुल्ने भएपछि कृषकले केही राहतको महसुस गरेका छन् । यसअघि पनि कृषकले सामाजिक दूरी कायम राखेर प्रशासनलाई बजार खोल्नका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । जिल्लाकै ठूलो तरकारी बजार खुल्न नसक्दा लकडाउनको समयमा कृषकले बाहिरी जिल्लामा बिक्री गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार