सीडीओ पसल खोल्ने, प्रहरी बन्द गराउने : व्यापारी तनावमा
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार २१:५:४२
२७ जेठ, काठमाडौं । काठमाडौंको न्युरोडमा प्रहरी र व्यापारीबीच तनावको अवस्था सिर्जना भएको छ । प्रहरीले जबर्जस्ती पसल बन्द गर्न लगाएपछि व्यापारीहरूले प्रतिकार गरेपछि तनावको अवस्था सिर्जना भएको हो ।
दुवै पक्षबीच मुखामुख र घम्साघम्सी भएपछि त्यस आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ब्यापारीहरूले प्रमुख जिल्ला अधिकारीहरुसँग भएको छलफल अनुसार नै पसल खोलेको बताएका छन् । प्रहरीले खाद्यान्न बाहेक अन्य पसल संचालनका लागि कुनै निर्णय नभएको बताएको छ ।
प्रहरीसँगको विवादमा व्यापारीहरूले लगातारको लकडाउनका कारण भाडा तिर्नै मुस्किल परेकाले राहत दिलाउन माग गरेका छन् । व्यापारी रमेश स्थापितले भने ‘कि हामीलाई भाडा तिर्ने पैसा दिनुपर्यो कि भाडा छुट गराउनु पर्यो अथवा पसल खोल्न दिनुपर्यो ।’ सरकारले पटक पटक लकडाउनको समयावधि थप गरेपछि रुष्ट व्यापारीहरूले गत जेठ २२ गतेदेखि पसल खोल्न थालेका थिए । उनीहरूले बिहान ११ बजेसम्म पसल खोल्दै आएका छन्।
केही समय पहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा सावधानी अपनाएर विस्तारै व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो । सो सहमति अनुरुपको सिफारीस कोरोना संकट निवारणको लागि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्च स्तरीय समितिमा पठाउने निर्णय पनि भएको थियो ।
व्यवसायीहरुले सरकारले कुनै विकल्प नदिएको बताउँदै जेठ २२ देखि बिहान पसल खोल्न सुरू गरेका थिए । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र व्यवसायीबीचको सौहाद्रपूर्ण छलफल र व्यवसाय खोल्ने सहमतिपछि बौद्ध लगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएको बताउँदै मंगलबार बिहानैदेखि पसल बन्द गराएका छन् ।
आफनो व्यवसाय गरि खान पाउने मौलिक हक कायम गराउन उद्योग र वाणिज्य क्षेत्रको बर्तमान नेतृत्व असक्षम रहेको भन्दै आलोचना पनि गर्नुभएको छ । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको ७८ दिन पुगेको छ ।
लामो समय लकडाउन गर्दा पनि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण हुन नसकेको भन्दै लकडाउनको मोडालिटी फेरबदल गर्न दवाव बढ्दो छ ।यद्यपि सरकारले भने यस विषयमा कुनै निर्णय गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार