न्यूरोडका पसल खोल्न प्रहरीको रोक : व्यापारी भन्छन्, सडकमा निस्किन्छौं !
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार १५:३:१५
२८ जेठ, काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरुले सरकारललाई भोलिदेखि सडकमा निसकने चेतावनी दिएका छन् । आज पनि पसल खोल्न बुधबार प्रहरीले रोक लगाएपछि सरकारले केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले हामी आज सरकारको बाटो हेर्छौं, आज केही निर्णय भएन भने भोलि सयौं व्यापारीहरु सडकमा निसकने बताएका छन् । उनले व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई ताला चाबी बुझाउने बताए ।
तीनदेखि खुल्ला हुँदै आएका न्यूरोड क्षेत्रका पसलहरु मंगलबार प्रहरीले एक्कासी बन्द गराएको थियो । तर व्यापारीहरुले बुधबार पनि पसल खोल्ने घोषणा गरेका थिए । सो घोषणाअनुसार बिहानै पसल खोल्न गएका व्यापारीहरुलाई प्रहरीहरुले रोकेका छन् ।
यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए । तर मंगलबार एक्कासी प्रहरीले पसलहरु बन्द गराउँदै हिँडेपछि व्यापारीहरु रुष्ट भएका छन् ।
प्रहरी अधिकृतहरुले भने सरकारले कुनै नयाँ निर्देशन नदिएकाले लकडाउनमा कडाइ गरिएको बताएका छन् । यसैबीच बुधबार लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
हान्सी फ्लिक बने बार्सिलोनाको प्रशिक्षक
जेठ १७, २०८१ बिहिबार
भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री
जेठ १७, २०८१ बिहिबार
राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही
जेठ १७, २०८१ बिहिबार
विद्यार्थीलाई झोला उपहार
जेठ १७, २०८१ बिहिबार
सुर्खेत जीप दुर्घटनाः मृतकको सङ्ख्या ४ पुग्यो
जेठ १७, २०८१ बिहिबार
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार