अब विदेशबाट आउनेले सुन ल्याए शुल्क लिइने
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बिहिबार ०:३९:२१
२८ जेठ, काठमाडौं । सुन्नुस त ! के तपाई विदेशबाट सुन, गरगहना ल्याउँदै हुनुहुन्छ ? यदि ल्याउदै हुनुहुन्छ भने बजेटले सुन तथा गरगहना आयातमा लाग्ने भन्सार शुल्क बढाको छ । शुल्क बढेसँगै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शुल्कको नयाँ सूची सार्वजनिक गरेको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तथा सूचना अधिकारी दयानन्द केसीले बजेटमा घोषणा भएको भोलिपल्टबाटै नयाँ व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिए। यद्यपी लकडाउनका कारण विदेशबाट फर्किनेहरु नभएकाले शुल्क नउठेको उनले बताए।
अब विदेशबाट आउनेले ल्याएको सुनमा नयाँ व्यवस्थाअनुसार शुल्क लिइनेछ, यद्यपी फ्लाइट नभएकाले अहिलेसम्म नयाँ व्यवस्थाअनुरुप शुल्क उठेको छैन । प्रति दश ग्राम २ हजारका दरले भन्सार शुल्क बढेको छ । ल्याउन पाइने सुन तथा गरगहनाको परिमाणमा भने कुनै परिवर्तन भएको छैन । जसअनुसार अब सुनको हकमा पहिलो ५० ग्रामसम्म प्रति दशग्राम नौ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।
त्यस्तै ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति दशग्राम १० हजार पाँच सय रुपैयाँ शुल्क लाग्नेछ। त्योभन्दा माथिको परिणाम ल्याएमा भने जफत हुनेछ। त्यस्तै सुनको गहनाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन। ५० ग्रामभन्दा बढी थप १ सय ग्रामसम्म सुनका गहनामा प्रति दशग्राम १० हजार ५ सय रुपैयाँ शुल्क लाग्ने छ।
त्यस्तै १ सय ग्रामभन्दा बढी थप १ सय ग्रामसम्म सुनका गहनामा प्रति दशग्राम १२ हजार रुपैयाँ शुल्क लाग्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। सोभन्दा बढी परिणाममा गहना ल्याएमा बढी भएको परिमाणजति जफत गरिने कार्यालयले स्पष्ट पारेको छ।
त्यस्तै विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने ५० ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजानेगरी भन्सार विन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यमा बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइने भएको छ।
त्यसरी ल्याएको गहना निज यात्रु फिर्ता जाँदा भन्सार विन्दुमा परीक्षण गराई राखेको धरौटी फिर्ता लैजान सक्नेछ। त्यसरी परीक्षण गर्दा घोषणा गरेभन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएका ऐनअनुसार कारबाही हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार