समाचार लेखेकै आधारमा पत्रकारमाथि गरिएको दुव्यर्वहारकाे घटनाप्रति प्रेस युनियनको आपत्ति
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बिहिबार २:१९:५९
२८ जेठ, काठमाडौं । नेपाल प्रेस युनियन स्याङ्जाले समाचार लेखेकै आधारमा पत्रकारमाथि सत्तारुढ पार्टीको तर्फबाट स्थानीय निकायमा निर्वाचित पदाधिकारीको दवावमा प्रहरी प्रशाासनले गरेको दुव्यर्वहारप्रति आपत्ती जनाएको छ ।
युनियनका स्याङ्जा जिल्ला अध्यक्ष प्रदीप कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै गत जेठ २५ गते रहस्यमय रुपमा झुण्डिएको अवस्थामा फेला परेका सो गल्याङ नगरपालिकाका स्वास्थ्य इकाई प्रमुख लिलाबल्लौ भण्डारीको आत्महत्याको विषयमा केही अनलाइन खबरमा आएका समाचारलाई लिएर स्याङ्जास्थित नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका संवाददाता भुपराज बस्याललाई स्थानीय प्रशासनले प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित गराई सोधपुछ गरिएको घटनालाई नेपाल प्रेस यूनियन स्याङ्जाले गम्भिर रुपमा लिएको जनाएका हुन् ।
आमसञ्चार माध्यममा प्रकाशित÷प्रशारित समाचारमा चित्त नबुझे उजुरी गर्ने बैधानिक बाटो छदाँछदै स्याङ्जा जस्तो भूगोल नमिलेको जिल्लामा बसेर काम गरिरहेका पत्रकारको मनोबल गिराउने गरी गरिएको यस किसिमको प्रशासनिक कार्य निन्दनीय भएको अध्यक्ष कोइरालाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात सिंहदरबारको अधिकार आफ्नै घर आँगनमा आउने आम नागरिकले अपेक्षा गरेको बताउदै अध्यक्ष कोइरालाले नागरिकका ती अपेक्षा अनुरुप स्थानीय तहहरु संचालन हुन नसक्दा सर्वसाधारण नागरिक मात्र नभएर स्वतन्त्र मानिएको प्रेस जगतसमेत अप्ठारोमा परेको बताएका छन् ।
सो विज्ञप्तिमा अगाडि भनिएको छ, “हामी जिल्लामा क्रियाशिल सम्पूर्ण सञ्चारकर्मीहरु स्थानीय प्रहरी प्रशासनलाई हरप्रकारको सहयोग गर्दै आएका छौं । प्रहरी प्रशासन र पत्रकारबीच नङ् र मासुको जस्तो सम्बन्ध रहदै आएको विगत हाम्रा सामु छर्लङ्गै छ । स्थानीय प्रहरी प्रशासन र स्थानीय पत्रकारबीच कटुता उत्पन्न गराई कुत्सित स्वार्थ पुरा गर्न तल्लिन केही स्वार्थी व्यक्ति र समूहले पत्रकार बिरुद्ध स्थानीय प्रहरी प्रशासनको दुरुपयोग गरेको हामीले महसुस गरेका छौं ।”
प्रेस युनियनको यो संकेत गल्याङ नगरपालिकाका मेयर भूपराज अधिकारप्रति लक्षित रहेको देखिन्छ । यस किसिमको गतिविधि माथि समयमै नियन्त्रण गरी राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतप्रति संबेदनशील नहुने हो भने आगामी दिन पत्रकार र प्रहरी प्रशासनबीचको सम्बन्धमा दरार उत्पन्न हुने निश्चित रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण आम जनजीवन गम्भिर रुपले प्रभावित बनेको छ । यो महामारीमा मानव जीवनको रक्षाका लागि स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि अग्रभागमा जिम्मेवारीका रुपमा खटिएका छन् । नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्दतिका बिरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास हामी सामु यथावत छ । तसर्थ, विगतका कमीकमजोरी र त्रुटिलाई सच्चाउदै जिल्लाको विकास निर्माण, शान्ति सुरक्षा लगाएतका क्षेत्रमा स्थानीय पत्रकारको सहयोग लिन स्थानीय प्रशासनलाई हामी आग्रह गर्न चाहन्छौं । अन्यथा आगामी दिन हाम्रा लागि सुखद हुने छैनन् भन्ने चेतावनी समेत दिन चाहान्छौं ।”विज्ञप्तिमा भनिएको छ ।
अबका दिनमा जिल्लालाई कसरी हाक्ने भन्ने कुरा लामो गृह प्रशासनको अनुभव संगालेका मर्मज्ञ प्रमुख जिल्ला अधिकारीज्यूकै जिम्मा रहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार