काठमाडौंमा खुले पसल, छैनन् ग्राहक !
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार २२:१५:७
३० जेठ, काठमाडाैं । असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौंका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ ।
पसल पूर्ववत् खुलेका छन् । सावधानीमा ध्यान दिइएको छैन । सामान खरिद गर्न आएका उपभोक्ताले नै सावधानी अपनाएको देखिन्छ । मानिसको आवत जावत देख्दा अत्यावश्यक कामका लागि मात्र होइन समान्यरुपमा घुमफिरका लागि पनि बाहिर निस्केका छन् । कतिपयले त सामान्य मास्क पनि लगाएको देखिँदैनथ्यो ।
बन्दबन्दी जारी हुनुपूर्व अघि जस्तै गरी मानिसको आवत जावत छ । सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई बिहीबारदेखि केही खुकुलो बनाएसँगै भीडभाड बढेको हो । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो । जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ ।
तर नागरिकले यस कुराको व्यवस्था गरी बिना प्रवाह सडकमा देखिन्छन् । यसले जोखिम बढाउने भन्दै पूर्णरूपमा सावधानी अपनाएर मात्र सञ्चालन गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उनका अनुसार नागरिकको जनजीवन सहज बनाउनका लागि बन्दाबन्दीलाई केही सहज बनाउन प्रयास गरिए पनि भाइरसको जोखिम अझै कम भएको छैन, हरेक दिन बढ्ने क्रम जारी छ, त्यसैले उच्च सावधानीको साथ मात्र व्यसाय सञ्चालन गर्न आवश्यक छ ।
भाइरस तत्काल नहट्ने र काठमाडौँ उपत्यकालाई थप सुुक्षित राख्ने हो भने बाहिरबाट आउने मानिसको आवागमनलाई पूर्णरूपमा रोक लगाउनुपर्ने र नागरिक आफैँ सचेत भई सावधानीपूर्णरूपमा बाहिर निस्कने अनावश्यकरूपमा नजाने जस्ता आधारभूत मापदण्डलाई पालना गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले सवारी साधन सञ्चालनमा जोर, बिजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप पनि बढेको छ । त्रिपुरेश्वर, थापाथली, बानेश्वर, जमललगायतका ठाउँमा सवारी चाप अत्यधिक बढेको देखिन्छ । सरकारले सर्वसाधारणको बढी उपस्थिति हुने स्थान तथा सार्वजनिक सवारी सञ्चालनका हकमा भने हालकै अवस्थालाई कायम राखिएको छ ।
सञ्चालन हुने सेवा
गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि तथा पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, भौतिक दूरी कायम गर्दै भीडभाड नहुने गरी पैदल आवागमन, साइकल र मोटरसाइकल ‘एकजना मात्रै चढ्ने गरी’ सञ्चालन गर्न पाइने छ ।
सरकारले मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने क्षेत्रको हकमा भने हालको व्यवस्थालाई नै कायम गरेको छ । त्यस्तो सेवा सञ्चालन गर्न पाइने छैन । जसअनुसार शैक्षिक संस्था, अनुमतिप्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन, सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेलालगागतका काम गर्न पाइने छैन ।
असार १ गतेदेखि सञ्चालन हुने सेवा
सरकाले आगामी असार १ गतेदेखि लागू हुने गरी केही सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । विभिन्न कार्यालयको सेवा भने दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा असार १ गतेबाट मात्रै सञ्चालन हुनेछन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार