‘माओ’ भन्दा पनि ठूला नरेश ‘महेन्द्र’ र आजको दिन
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शनिबार ०:४१:८
भानदेव बडू
३० जेठ, काठमाडौं । आज जेठ ३० गते, १०१ औं महेन्द्र जयन्ती । विक्रम संवत् १९७७ साल जेठ ३० गते स्व. श्री ५ महेन्द्र वीरविक्रम शाहदेवको नारायणहिटी राजदरवारमा जन्म भएको थियो ।
पृथ्वी नारायण शाहले यो देश बनाए । २००७ सालमा झण्डै्-झण्डै भारतमा विलय भैसकेको नेपाललाई त्रिभुवनले जोगाए । त्यसरी बनेको र जोगिएको नेपाललाई साँच्चिकै एउटा स्वतन्त्र र सार्वभौम नेपालको स्वरुप दिने राजा महेन्द्र नै हुन् । नेपाललाई आधुनिकताको बाटोमा लैजान जेजति कामको शुरुआत भयो त्यो महेन्द्रकै पालामा भएको हो । नेपाललाई असंग्लग्न राष्ट्रको पङ्क्तिमा उभ्याएर विश्व रंगमंचमा परिचित गराउने श्रेय उनैलाई जान्छ ।
उनैले नेपालमा भुमिसुधार लागू गरि जमिन्दारी प्रथा अन्त्य गरे । कानुनी रुपमा देशबाट छुवाछुतको अन्त गरे । नेपालमा राजा महेन्द्रले राजा-रजौटा उन्मुलन ऐन २०१७ सालमै लागू गरेका थिए । लोकतान्त्रिक देश भनिने भारतले भने त्यसको एघार वर्षपछि मात्रै लागू गरेको थियो । राजा महेन्द्रका धेरै महत्वपूर्ण योगदानलाई बिर्सेर उनीमाथि २०१५ सालको संसद भंग गरेको दोष थुपारेर उनका योगदानहरुलाई मेट्न खोजिदैछ ।
अमेरिकी राष्ट्रपति लिन्डन बेन्स जोन्सनले राजा महेन्द्रलाई “डेमोक्रेटिक एन्ड डाइनामिक किङ” भनेर प्रशंसा गरेका थिए । चीनका नेता माओत्सेतुङले त महेन्द्रलाई “म भन्दा पनि ठूलो कम्यूनिस्ट” भनेर प्रशंसा गरेका थिए । भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले पनि महेन्द्रको कुशाग्र प्रतिभाबाट कायल भएर “हिमालयन फक्स” भनेर प्रशंसा गर्थिन् रे ।
समकालीन अवस्थामा संसारका धेरै राजाले, धेरै सेना प्रमुखले र अनेक राष्ट्रपतिले पनि संसद भंग गरेका छन् । २०१५ सालको संबिधानले त राजालाई संसद भंग गर्ने स्वविवकीय अधिकार नै दिएको थियो ।
घटनाक्रमहरु बताउछन्, संसारका धेरै देशहरुले संसदीय प्रजातन्त्र नामको अव्यवस्थाले आजित भएर आ-आफ्ना मौलिक व्यवस्थाहरु लागू गर्न शुरु गरिसकेका छन् । महेन्द्रले यो कुरो बुझेर नै नेपालमा पंचायती व्यवस्था लागू गरेका हुन् । ‘अरु सबै कुराभन्दा राष्ट्रहित सर्वोपरी हो’ भन्ने उनको नीति कुनै पनि राजनीतिक वादभन्दा निकै उन्नत र उच्च देखिन्छ । आज देश जतिजति अव्यवस्थाको जालोमा जेलिदै छ र राष्टृयताको जग जतिजति खल्बलिदै छ उतिउति सम्झना आइपुग्छन् राजा महेन्द्र ।
अमेरिकी राष्ट्रपति लिन्डन बेन्स जोन्सनले राजा महेन्द्रलाई “डेमोक्रेटिक एन्ड डाइनामिक किङ” भनेर प्रशंसा गरेका थिए । चीनका नेता माओत्सेतुङले त महेन्द्रलाई “म भन्दा पनि ठूलो कम्यूनिस्ट” भनेर प्रशंसा गरेका थिए । भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले पनि महेन्द्रको कुशाग्र प्रतिभाबाट कायल भएर “हिमालयन फक्स” भनेर प्रशंसा गर्थिन् रे ।
केवल १७ वर्षमात्र राज्य गरि देशलाई एउटा गति दिएर ५१ वर्ष ६ महिनाको अल्प आयु मैं हामीलाई छोडेर गएका यी दूरदर्शी र गतिशिल राजालाई शत-शत नमन । स्वर्गवासी राजा महेन्द्र चीरस्मरणीय रहनेछन् । दिवंगत नरेशलाई हार्दिक श्रद्धान्जली !
लेखक पूर्व प्रमुख जिल्ला अधिकारी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
दूतावासले भिषा दिए सन्दीप आजै अमेरिका उड्ने, ४ बजे अन्तरवार्ता
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार