स्याङ्जाको आँधीखोलामा सामुहिक आलुखेती
नेपालबहस संवाददाता
असार १, २०७७ सोमबार २०:३५:३८
♦ प्रकाश डोटेल
१ असार,स्याङ्जा । २० बर्षबाट बाँझो रहेको स्याङ्जाको आँधीखोला गाउँपालिका १ को जग्गामा सामुहिक आलुखेती शुरु गरिएको छ । आँधीखोला गाउँपालिकाले सतप्रतिशत अनुदानमा बिउ, मल, औषधी र प्राविधिक सहयोग दिएपछि बाँझो जग्गालाई आलुमय बनाउन स्थानीयले शुरु गरेका हुन् ।
कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलुखेतीमार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बताए । २० वर्ष पहिला परम्परागत रुपमा आलुखेती गरिने ठाउँमा युवाहरु बैदेशिक रोजगारीका लागि पलायन भएपछि त्यहाँका स्थानीयले आलुखेती गर्न छाडेका थिए र जग्गा बाँझो भएको थियो ।
गाउँपालिकाको सतप्रतिशत अनुदानमा अहिले भक्किम्ले, दत्तेलोटे, त्रिवेणी लगायतका स्थानीय ५४ घर परिवारले दत्तेलोटेमा सामुहिक खेतीमा जुटेको स्थानिय कृषक नारायण पौडेलले बताए । पहिलो चरणमा बाँझो रहेको २ सय ५० रोपनी जग्गामा खेती गरेको तथा बाँझो जग्गामामा आलुखेती गर्न पालिकाले चार हजार पाचँ सय किलो आलुको विउ कृषकलाई उपलब्ध गराएको पौडेलले बताए ।
माटो परिक्षण गरेर माटो सुहाउने भएपछि पालिकाले आलुको विउ, आवश्यक सीप, प्राविधिक सहयोग दिएपछि आफुहरु आलूखेतीमा जुटेको अर्का कृषक मणिरत्न पौडेलको भनाई थियो । कृषि उपजको बजारीकरण र ढुवानीको लागि पालिकाले नै व्यवस्था गरिदिने भएपछि किसानको बाँझो जग्गामा आलुले ढकमम्क भएको पौडेलले बताए ।
सामुहिक रुपमा आलुखेती सुरु भएसंगै आफुहरुका खुशीका दिन आएको बताउदै पौडेलले भने, “रोजगारको लागि गाँउदेखि बजार झर्नेको सख्यामा बृद्धि भएसंगै गाँउनै खाली हुने अवस्थाको अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग पुगेको छ ।” आलुखेतीले गाँउको विरासत पुनः फर्कने र रोजगारका लागी बजार पसेका युवाहरु पनि गाँउ फर्कनेमा कृषक पौड्ेलले आशा राखे ।
यहाँका एकजना कृषकले २५ किलोदेखि तीन सय किलोसम्म बर्खे आलु दुई रोपनीदेखि २५ रोपनीसम्म आलु रोपेका छन् । बेसिजनमा रोपेको आलु मिठो र राम्रो हुने तथा मुनाफा आर्जनको हिसाबले पनि उचित हुने गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले बताईन् । उनले हरेक बर्ष उत्पादनको क्षेत्र बढाएर जिल्लामै आलुखेतीको नमुनागाउँ बनाउने गाउँपालिकाको सोच रहेको जानकारी दिईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार